टोखा नगरपालिकाका प्रशासकीय अधिकृत १ लाख घुससहित पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

टोखा नगरपालिकाका प्रशासकीय अधिकृत १ लाख घुससहित पक्राउ


२८ आश्विन २०७५, आइतबार


घुस

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एक लाख घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार अधिकृत कृष्णप्रसाद सुवेदीलाई १ लाख घुस रकमसहित कार्यालयबाटै पक्राउ गरेको हो ।

सुबेदीले उपभोक्ता समितिमार्फत निर्माण गरिएको सडकको अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरीको आधारमा अख्तियारको टङ्गालबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

आयोगका अनुसार उनलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस