प्रहरी ऐन बहुमतले पारित भएसँगै छुट्टै प्रहरी गठन गर्ने बाटो खुल्यो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रहरी ऐन बहुमतले पारित भएसँगै छुट्टै प्रहरी गठन गर्ने बाटो खुल्यो


प्रशासन विशेष ब्युरो

२७ आश्विन २०७५, शनिबार


जनकपुरधाम । प्रदेश २ को प्रदेशसभाले प्रदेश प्रहरी ऐन बहुमतले पारित गरेसँगै प्रदेशमा आफ्नो छुट्टै प्रहरी गठन गर्ने बाटो खुलेको छ ।

प्रदेशसभाको शनिबार बसेको ३७ औं बैठकबाट प्रदेश प्रहरी सेवा सम्बन्धी विधेयक २०७५ पारित भएको हो।

प्रमुख विपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विरोधका बीच प्रदेश सरकारले प्रदेश प्रहरी विधेयक पारित गरेको हो ।

सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश प्रहरी सेवा सम्बन्धी अध्ययन विशेष समिति २०७५ को प्रतिवेदनसहित विधेयकमाथि छलफलका लागि प्रस्ताव पेश गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस