रेडपाण्डाको छालासहित ३ जना पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रेडपाण्डाको छालासहित ३ जना पक्राउ


प्रशासन विशेष ब्युरो

२५ आश्विन २०७५, बिहिबार


रेडपाण्डा

कोहलपुर । बाँकेको कोहलपुरबाट रेडपाण्डाको छालासहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा बैजनाथ गाउँपालिका–४ बस्ने पलराज ऐडी, सोही ठाउँ बस्ने दिपक सुनार र कोहलपुर नगरपालिका–२ बस्ने बुद्धि शर्मा रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त टोलीले दूर्लभ वन्यजन्तु रेडपाण्डाको छाला बरामद गरेको हो।

उनीहरुलाई आवश्यक कारबाहीका लागी जिल्ला वन कार्यालय बाँकेमा पठाईने प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस