युएइद्वारा नेपालसामु २ सय ६९ रनको विजय लक्ष्य प्रस्तुत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

युएइद्वारा नेपालसामु २ सय ६९ रनको विजय लक्ष्य प्रस्तुत


१६ आश्विन २०७५, मंगलबार


काठमाडौं । बङ्गलादेशमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेटअन्तर्गत समूहचरणको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (युएइ) ले नेपालसामु जितका लागि २६९ रानको लक्ष्य प्रस्तुत गरेको छ ।

बङ्गलादेशको क्रिरा शिख मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएइले पूरै ५० ओभर खेल्दै आठ विकेट गुमाएर २६८ रन बनाउन सफल भयो । नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रनेछ ।

दुबै टोली यसअघिका दुई/दुई खेलमा पराजित भई प्रतियोगिताबाट बाहिरिसकेका छन् । समूह ‘ए’ मा रहेको नेपाल र युएई यसअघि भारत र अफगानिस्तानबाट पराजित भइसकेका हुन् । नेपाल यही असोज १३ गते भारतसँग र सोमबार अफगानिस्तानसँग पराजित भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस