यु–१९ एसिया कपमा नेपालले टस जितेर ब्याटिङ रोज्यो, अफगानस्तानले फिल्डिङ गर्ने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

यु–१९ एसिया कपमा नेपालले टस जितेर ब्याटिङ रोज्यो, अफगानस्तानले फिल्डिङ गर्ने


१५ आश्विन २०७५, सोमबार


काठमाडौं । बंगलादेशमा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । अफगानिस्तानले बलिङको निम्तो पाएको छ ।

समूह ए मा रहेका नेपाललाई अफगानिस्तानविरुद्धको खेल निकै महत्वपूर्ण रहेको छ । आफ्नो पहिलो खेलमा नै भारतसँग १७१ रनले पराजित भएको नेपाललाई आजको खेल जित्नै पर्ने दबाव रहेको छ ।

अफगानिस्तानले भने आफ्नो पहिलो खेलमा युएईलाई ५ विकेटले पराजित गरेको थियो । युएई भने समुह चरणबाटै बाहिरिसकेको छ । युएई आइतबार भएको आफ्नो दोस्रो खेलमा भारतसँग २२७ रनले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको हो । भारत लगातार २ खेलमा जीत हात पार्दै सेमिफाइनलमा पुगेको छ ।

नेपालले अफगानिस्तानलाई पराजित गरेमा सेमिफाइनल पुग्ने सम्भावना रहन्छ । नेपालले समूह चरणको अन्तिम खेलमा युएईसँग खेल्दै छ भने अफगानिस्तानले साविक विजेता भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस