फेसबुकमा साइबर हमला, नौ करोड प्रयोगकर्ता प्रभावित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

फेसबुकमा साइबर हमला, नौ करोड प्रयोगकर्ता प्रभावित


१४ आश्विन २०७५, आइतबार


फेसबुकमा साइबर हमलाको कारण झण्डै ९ करोड प्रयोगकर्ता प्रभावित भएका छन् । ह्याकरले फेसबुकमा हमला गरेपछि गम्भी समस्या देखिएको छ । फेसबुकमा एक गम्भीर सुरक्षा त्रुटी देखापरेको र त्यसबाट ९ करोड प्रयोगकर्ता प्रभावित भएको फेसबुकले शुक्रबार जनाएको छ । मंगलबार यो समस्या देखिएको र समाधान भैसकेको  छ ।

ह्याकरहरुले फेसबुकको फिचरको दुरुपयोग गरी प्रयोगकर्ताका डाटा लिक गरिदिएका छन् । फेसबुकको यो फिचरले प्रयोगकर्तालाई आफ्नो प्रोफाइल अरुले हेर्दा कस्तो देखिन्छ भन्ने कुराको प्रारुप देखाइदिन्छ । समस्या समाधानका लागि फेसबुकले ९ करोड प्रयोगकर्ताको लगइन रिसेट गरिदिएको छ । जसका कारण ती प्रयोगकर्ताको अकाउन्ट स्वतः लगआउट भएको छ र उनीहरुले पुनः लगइन गर्नुपरेको छ । पछिल्लो वर्षमा भ्यूजएज फिचर प्रयोग गरेका जुनसुकै प्रयोगकर्ताको अकाउन्टको लगइन रिसेट गरिएको हो ।

साइबर हमला कसले र कहाँबाट कसरी गरेको भन्ने विषयमा जानकारी प्राप्त नभएको फेसबुकले जनाएको छ । पछिल्लो समय साइबर सुरक्षा सम्बन्धी समस्याहरुसँग जुध्दै आएको फेसबुकका लागि यो ह्याकिङ अर्को टाउको दुखाईको विषय बनेको छ । पछिल्लो ह्याकिङको घटनासँगै फेसबुकले अनुसन्धान टुंगोमा नपुगुन्जेल सम्मका लागि भन्दै भ्यूज एज फिचरलाई अस्थायी रुपमा बन्द गर्दैछ ।

हाल प्रारम्भिक अनुसन्धानको काम भैरहेको र फेसबुकका के कति प्रयोगकर्ताको अकाउन्ट ह्याक भए नभएको विषयमा थाहा भै नसकेको फेसबुकले जनाएको छ । अहिले समस्या समाधान भइसकेको हुँदा प्रयोगकर्ताहरुले आफ्नो पासवर्ड परिवर्तन गर्नुनपर्ने पनि फेसबुकले बताएको छ । एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस