उद्योग स्थापना मार्फत रोजगारी सृजना गर्नुपर्छ : प्रधानमन्त्री ओली « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उद्योग स्थापना मार्फत रोजगारी सृजना गर्नुपर्छ : प्रधानमन्त्री ओली


२९ श्रावण २०७५, मंगलबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा उद्योगको स्थापना मार्फत रोजगारी सृजना गर्नुपर्ने बताए ।

सार्क चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलसँग आज सिंहदरबारमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले नेपाल उद्योगको स्थापना मार्फत नेपालमा अविकास, गरिबी र पछौटेपन हटाउनु पर्ने बताए । उनले भने, “यो अभियान हामीले नेपाल मात्र होइन दक्षिण एशियामा नै सञ्चालन गर्नुपर्दछ, गरिबी र पछौटेपनबाट अब दक्षिण एशियालाई नै मुक्त गर्नु पर्दछ । ”

उनले अब स्थापना हुने उद्योगहरु प्रविधि मैत्री हुनु पर्ने र उद्योगमा काम गर्ने मजदुरहरु पनि प्रविधिमा पोख्त हुनु पर्ने बताए । केही तत्वहरुले जनतामा निराशा छर्न खोजेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘

उनले भने, ‘आम जनतामा आत्मविश्वास बढाउन आशा लाग्दो भविष्य देखाइदिनु सरकारको काम हो । जसले जनतामा आशावादीता बढेर जान्छ ।’

देश विकासका लागि अहिले उपयुक्त समय भएकोले यसलाई सदुपयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “देशको जनसंख्यामा काम गर्न सक्नेहरुको बाहुल्यताको अवस्था छ ” प्रधानमन्त्री ओलीले भने, ‘यो जनशक्तिलाई उपयोग गरेर देश निर्माणको काम गर्नु पर्दछ ।”

प्रधानमन्त्री ओलीले विश्व समुदायलार्ई नेपालमा लगानी मैत्री वातावरण भएको कुरा प्रचार गर्न नेपाली उद्यमीहरुलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस