पार्टी एकता सर्पराइज हुन्छ : प्रचण्ड « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पार्टी एकता सर्पराइज हुन्छ : प्रचण्ड


९ बैशाख २०७५, आइतबार


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता सर्पराइज हुने बताएका छन् ।

कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा एमाले र माओवादीले संयुक्त रुपमा गरेको कार्यक्रममा बोल्दै प्रदण्डले चुनावी तालमेल जस्तै पार्टी एकता हल्ला गरेको दिन नभई एका एक हुने बताएका हुन् ।

प्रचण्डले आफूहरु पार्टी एकता घोषणाको नजिक रहेको पनि बताएका छन् । दाहालले संगठनात्मक एकताका तीन आधार पहिलोः सम्मानजनक एकता, दोस्रोः समानताको सिद्धान्त र तेस्रोः न्यायोचित एकता तयार गरिएको बताएका छन् । उनले यसकै आधारमा एकता हुने बताए ।

अध्यक्ष दाहालले अफ्ना नेता तथा कार्यकर्तालाई अनावश्यक कुरा गरेर आफ्ना कान नभर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस