जनअदालतमा उपस्थित हुन प्रधानमन्त्री ओली र प्रचण्ड विरुद्ध पक्राउ पुर्जी जारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जनअदालतमा उपस्थित हुन प्रधानमन्त्री ओली र प्रचण्ड विरुद्ध पक्राउ पुर्जी जारी


१४ चैत्र २०७४, बुधबार


काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ठ पार्टीले एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

ओली र दाहालका नाममा ‘जनअदालत’ मा मुद्दा परेको भन्दै छलफलका लागि १५ दिनभित्र केन्द्रीय जनअदालत, रोल्पामा हाजिर हुन वारेन्ट जारी गरेको छ।

वारेन्टमा १५ दिनभित्र हाजिर नभएमा जनपरिषदको नीति नियम अनुसार हुने चेतावनी दिइएको छ।

हेर्नुहोस् सूचना :

प्रतिक्रिया दिनुहोस