रजत वर्षका अवसरमा टान सम्बद्ध व्यवसायीलाई व्यवस्थापन तालीम « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रजत वर्षका अवसरमा टान सम्बद्ध व्यवसायीलाई व्यवस्थापन तालीम


९ चैत्र २०७४, शुक्रबार


पोखरा, नेपाल ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ स्थापनाको रजत वर्षका अवसरमा टान सम्बद्ध व्यवसायीलाई लक्ष्य गरी आयोजित व्यवसाय व्यवस्थापन तालीम आजदेखि शुरु भएको छ ।

पोखराको लेकसाइडस्थित होटल रानीवन अर्किटमा दुई दिनसम्म चल्ने उक्त तालीममा टानमा आवद्ध ६५ जना व्यवसायी सहभागी भएको टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष दीपक अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार पर्यटनलगायत विभिन्न क्षेत्रमा तीन हजारभन्दा बढी विषय विज्ञ रहेको विदेशी संस्था पुम नेदरल्याण्डका प्रशिक्षकले व्यवसायीलाई तालीम दिनेछन् ।

व्यवसायलाई व्यवस्थित एवं प्रभावकारी बनाउन तालीम अत्यन्त उपयोगी हुने विश्वास लिइएको अध्यक्ष अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस