माओवादीले महरालाई सभामुखको उम्मेदवार बनाउने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माओवादीले महरालाई सभामुखको उम्मेदवार बनाउने


२५ फाल्गुन २०७४, शुक्रबार


काठमाडौं । नेकपा माओवादी केन्द्रले कृष्णबहादुर महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा शुक्रबार बिहान बसेको माओवादीको बैठकले महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमालेले राष्ट्रियसभा अध्यक्ष माओवादीलाई दिएर सभामुख आफु लिन लबिङ गरे पनि माओवादीले सभामुख दिन नसकिने भन्दै महरालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सभामुखका लागि महरासँगै ओनसरी घर्ती, देव गुरुङ, गिरिराजमणि पोखरेल र लेखराज भट्टले पनि दावी गर्दै आएका थिए ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सभामुख चयनको कार्यतालिकाअनुसार आज विहान १० देखि १ बजेसम्म मनोनयनको समय तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस