जेष्ठ नागरिकलाई रिफ्रेस गराउन भ्रमण योजना ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जेष्ठ नागरिकलाई रिफ्रेस गराउन भ्रमण योजना !


प्रशासन विशेष ब्युरो

२१ फाल्गुन २०७४, सोमबार


काठमाडौं । के तपाइ गोकर्णेश्वर नगरपालिकाभित्र बसोबास गर्नुहुन्छ ? उमेर कति भयो ? यदि ६५ वर्ष नाघ्नु भएको प्रमाण छ भने मन लागेको ठाउँ मज्जाले घुम्न पाउनु हुनेछ ।

गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष रमेश अर्यालद्धारा हस्ताक्षरित वडा भित्र स्थायी बसोबास गर्ने ६५ वर्ष उमेर पुरा भएका जेष्ठ नागरिकहरुलाई ३ दिने पोखरा भ्रमणको कार्यक्रम रहेकोले इच्छुक जेष्ठ नागरिकहरुलाई यथाशिघ्र सम्पर्क राख्न जारी सार्वजनिक सूचनापछि भ्रमणबारे चर्चा परिचर्चा शुरु भएको छ ।

कतिले यसलाई बाँदरको हातको नरिवल भनेका छन् त कतिल राम्रो प्रयास हो भनेका छन् ।

खासमा के हो यथार्थ कुरा । यस बारेमा बुझ्न हामिले गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेसँग कुरा गरेका थियौं । उहाँले नगरपालिकाकै पैशामा जेष्ठ नागरिक भ्रमण भनेर कार्यक्रम नै राखेको बताउँदै ४÷५ वटै वडाले यसैका लागि पैशा समेत लिइ सकेको बताए ।

एकदुइ वटा वडाले त पैशा नै लिइ सकेको र अहिले ६ नम्बर वडाले लिन लागेको बताउँदै मेयर चालिसेले भने–घरमा एकदमै पिल्सिएर बसेकाहरुलाई रिफ्रेस गराउने हिसावले यो योजना ल्याइएको हो ।

जेष्ठ नागरिकको लागि विशेष बजेटको ब्यवस्था गरिएको र उनीहरुकै चाहना अनुशार भ्रमणमा लग्न लागिएको बताउँदै उनले सबैको बेवास्तामा परेका जेष्ठ नागरिकलाई भ्रमण सम्झनायोग्य हुने बताए ।

मेयर चालिसेका अनुशार अहिलेसम्म पाँच, छ, सात र नौ नम्बर वडाले भ्रमण कार्यक्रम तय गरिसकेका छन् । प्रतिवडा भ्रमण खर्चका लागि एक लाख ५० हजारदेखि २ लाखसम्म बजेट बिनियोजन गरिएको समेत उनले जानकारी दिए ।

कति जनासम्मलाई भ्रमण गराउने योजना छ भन्ने प्रश्नमा मेयर चालिसेले दरखास्त आएजति सबै दर्ता गरेर राख्ने बजेटअनुशार दुइतीन लटमा भएपनि इच्छुक सबैलाई घुमाएरै छाड्ने योजना रहेको बताए । नौ वटा वडा रहेका गोकर्णेश्वर नगरपालिकामा बाँकी ५ वटा वडाले पनि इच्छा देखाएको खण्डमा जेष्ठ नागरिक भ्रमणका लागि पैशा लान सक्ने समेत उनले जानकारी गराए ।

महिलाका लागि ड्राइभिङ लाइसेन्स

नगरपालिकाले महिलाको इच्छा र चाहनालाई पनि पुरा गरि दिएको छ । जेष्ठ नागरिकको रोजाइमा भ्रमण परे जस्तै महिलाको रोजाइमा परेको छ ड्राइभिङ लाइसेन्स ।

वडाका सय डेढसय जनाले भटाभट ड्राइभिङ सिकि सके मेयर चालिसेले उत्साहित हुँदै भने–सिकेर पनि स्कुटी दौडाउन थालि सके ।

कतिपयले गाडि सिक्दैछन् त कतिपयले स्कुटी मेयर चालिसे भन्छन– लाइसेन्स प्राप्त ड्राइभिङ सेन्टरबाट १५ दिने तालिमबाफत लाग्ने सबै खर्च नगरपालिकाले व्यहोर्छ ।

हामीलाई ड्राइभिङ सिक्ने चाहना छ भन्दै नगरपालिकामा आएपछि उनिहरुको चाहना पुरा गर्न नगरपालिकाले यो योजना लागु गरेको जनाएको छ ।

पहिल्यै गरिरहेको र भइरहेको योजना भन्दा समयअनुशार नौलो अनुभव गर्न यस्ता योजनाहरु ल्याइएको उनको धारणा छ ।

नयाँ शासन व्यवस्थासँगै सिमान्तकृत तथा वेवास्तामा परेका नागरिकहरुको सम्बोधन हुनु त राम्रो कुरा हो तर प्राथमिकतामा कस्ता कस्ता कुराहरु पर्छन् भन्नेबारे समयमै ध्यान दिन सकिएन भने काम कुरो एकातिर कुम्लोबोकी ठिमीतिर नहोला भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस