मोष्ट वान्टेड रेशम चौधरीले गरे अदालतसामू आत्मसमर्पण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मोष्ट वान्टेड रेशम चौधरीले गरे अदालतसामू आत्मसमर्पण


१४ फाल्गुन २०७४, सोमबार


धनगढी । टीकापुर घटनाका फरार अभियुक्त प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका रेशम चौधरीले कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका छन् ।

चौधरीले सोमबार अदालतमा उपस्थीत भई आत्मसमरर्पण गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जानकारी दिए । चौधरीले मंसिर २१ गते भएको निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिनिधि सभामा अत्यधिक बहुमतले चुनाव जितेका थिए ।

संघीय संसदको अधिवेशन आउन साता दिन बाँकी रहँदा रेशमले आत्म समर्पण गरेका हुन् । २०७२ साल भदौ ७ गते टीकापुरमा भएको हिंसात्मक झडपमा परी एक बालक र एसएसपीसहित ८ जनाको ज्यान गएको थियो । सो घटनाका मुख्य योजनाकार रेशम रहेको भन्दै प्रहरीले उनको खोजी गरिरहेको थियो।

प्रतिक्रिया दिनुहोस