राष्ट्रियसभामा ३ सदस्य सिफारिस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रियसभामा ३ सदस्य सिफारिस


८ फाल्गुन २०७४, मंगलबार


काठमाडौँ ।  सरकारले राष्ट्रिय सभामा तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले शेरबहादुर देउवा सरकारले गरेको सिफारिस फिर्ता लिंदै नयाँ नाम सिफारिस गरेको हो ।

सरकारले युवराज खतिवडा, विमला पौडेल राई र रामनारायण बिडारीलाई सिफारिस गर्ने निर्णय गरेको महिला बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापामगरले जानकारी दिइन् ।

देउवा नेतृत्वको सरकारले राष्ट्रियसभाका लागि गोपाल बस्नेत, चाँदनी जोशी र कृष्ण पौडेललाई सिफारिस गरेको थियो । ती नाम रद्ध गरेर केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकाले नयाँ नाम सिफारिस गरेको हो ।

राष्ट्रपतिले नियुक्त गरेपछि उनीहरुले राष्ट्रियसभा सदस्यमा औपचारिकता पाउनेछन् भने राष्ट्रिय सभाले पूर्णता पाउनेछ ।

प्रतिक्रिया दिनुहोस