उद्योग विभाग त्रिपुरेश्वरमा कार्यरत नायब सुब्बाविरुद्ध मुद्दा दायर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उद्योग विभाग त्रिपुरेश्वरमा कार्यरत नायब सुब्बाविरुद्ध मुद्दा दायर


२० असार २०७४, मंगलबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग विभाग त्रिपुरेश्वरका नायब सुब्बा गोविन्दप्रसाद कँडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार नायब सुब्बा कँडेलले नेपालगन्जस्थित खड्का इन्डस्ट्रिज नामक पानी उद्योगको टे«डमार्क चिह्न प्रदान गर्ने सिलसिलामा ३३ हजार घूस मागेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले केही दिन पहिले उनलाई नियन्त्रणमा लिएको थियो ।

नायब सुब्बा कँडेलले कुशश्री विकमार्फत घूस लिएका थिए । लिएको रकममध्ये एक हजार आफैसँग राखी ३२ हजार कँडेललाई उपलब्ध गराएको आयोगले जनाएको छ । आयोगले बिगोसमेत असुल गरी हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दर्ता गरेको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस