२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्भेस्टमेन्ट बैंकले ४० प्रतिशत लाभांश दिने

अ+ अ-

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले २२ प्रतिशत नगद लाभांश र १८ प्रतिशत शेयर लाभांश दिने तयारी गरेको हो । बैंकको गत असार मसान्तसम्म कायम रहेको चुक्ता शेयर पूँजी रु १० अर्ब ६४ करोड ५५ लाख ९९ हजार रहेको छ ।

उक्त चुक्ता शेयर पूँजीको १८ प्रतिशतले हुने रु एक अर्ब ९१ करोड ६२ लाख सात हजार ८२० शेयर लाभांश शेयरधनीलाई वितरण गर्न लागिएको हो । त्यस्तै उक्त चुक्ता पूँजीको २२ प्रतिशत अर्थात् रु दुई अर्ब ३४ करोड २० लाख ३१ हजार ७८० नगद लाभांश वितरण गर्न लागिएको हो ।

फरवार्ड कम्युनिटीको लाभांश ४५ प्रतिशत

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले पनि आव २०७४७५ को नाफाबाट २५ प्रतिशत लाभांश शेयर र २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । गत असार मसान्तसम्म सो कम्पनीको चुक्ता पूँजी रु ३० करोड एक लाख ६५ हजार ७०० कामय भएको छ ।

दुई कम्पनीको शेयर मूल्य समायोजन

यस्तै नेपाल स्टक एक्सचेञ्जमा आज दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । सूर्योदय लघुवित्त वित्तीय संस्था र तिनाउ विकास बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको हो । सूर्योदय लघुवित्तले ४२ दशमलव ७५ प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेसँगै प्रतिकित्ता एक हजार एक रुपैयाँमा शेयर मूल्य समायोजन गरेको हो । सो कम्पनीको औसत आधारमूल्य रु ८७९ रहेको छ ।

त्यस्तै तिनाउ विकास बैंकको १२ प्रतिशत लाभांश शेयरपश्चात् प्रतिकित्ता रु १५७ शेयर मूल्य रहने गरी समायोजन गरिएको छ । सो बैंकको औसत आधारमूल्य रु २३४ रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस