२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री क्वाटर भैंसेपाटी सारिँदै, प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि पनि भवन निर्माण गरिने

अ+ अ-

काठमाडौँ । सरकारले पुल्चोकमा रहेको मन्त्री क्वाटरलाई ललितपुरको भैंसेपाटीस्थित सैवु आवास क्षेत्रमा सार्ने भएको छ।

पुरानो र अपर्याप्त रहेको भन्दै मन्त्रिपरिषद्ले नयाँ मन्त्री क्वाटर बनाउने निर्णय गरेको हो।

सैवुमा सांसद आवास निर्माणका लागि छुट्ट्याइएको १४९ रोपनी चार आना ३ दशमलव २८ जग्गामा मन्त्री निवास बनाउन लागेको हो।

मन्त्री क्वाटरसँगै राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र उपसभामुखको आवास पनि बन्ने सरकारका प्रवक्त्ता एवं सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाले जानकारी गराएका छन् ।

मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता गोकुल प्रसाद बास्कोटाले २७ वटा आवास निर्माण गर्न लागिएको बताए ।

यससँगै सरकारले प्रदेश प्रमुख र मुख्मन्त्रीको आवास तथा सम्पर्क कार्यालय समेत मन्त्री क्वाटरसँगै बनाउने भएको छ। उनीहरूका लागि १४ वटा भवन निर्माण गर्न लागिएको बास्कोटाले जानकारी दिए।

हाल मन्त्री क्वाटर रहेको पुल्चोक परिसरमा भने १० वटा राजकीय अतिथि गृह निर्माण गर्ने भएको छ । जसका लागि मन्त्री निवास रहेको जग्गा अपर्याप्त भएमा छेउमै भएको नेपाल राष्ट्रिय पुस्तकालयको सरकारी जग्गा उपयोग गर्ने निर्णय गरेको छ ।