लागुऔषधसहित दुई युवक पक्राउ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

लागुऔषधसहित दुई युवक पक्राउ


प्रशासन संवाददाता

१६ मंसिर २०७५, आइतबार


घुससहित रंगेहात पक्राउ

भारतबाट लागुऔषध बोकी नेपाल प्रवेश गरेका २ युवकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा जिल्लाको मिथिला नगरपालिका–६ बस्ने १८ वर्षीय मौसम लामा र वडा नं १० बस्ने १९ वर्षीय भीमबहादुर खप्तडी मगर रहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

शनिबार दुवै जना भारतको सीतामढी जिल्लाअन्तर्गत रहेको भिट्ठामोड शहरबाट लागुऔषध नाइटोभेट १५० थानसहित महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–३ स्थित मलिवारा बस बिसौनीमा जाँचको क्रममा पक्राउ परेका हुन् । पक्राऊ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखी आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस