३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल र सिद्धार्थ शमशेर

अ+ अ-

काठमाडौं । कम्पनीतर्फ सूर्य नेपाल प्रालि नेपालको सबैभन्दा बढी कर तिर्ने कम्पनी बनेको छ भने व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने करदाताको रुपमा सिद्धार्थ शमशेर जबरा बनेका छन्। सूर्य नेपाल यसअघि २ पटक र जबरा ५ पटक सोही विधामा उत्कृष्ट बनिसकेका छन्।

सातौँ राष्ट्रिय कर दिवसका अवसरमा शनिबार आन्तरिक राजश्व विभागले उनीहरुसहित विभिन्न १५ विधाका उत्कृष्ट करदातालाई अर्थमन्त्री युवराज खतिवडाले सम्मान गरेका हुन्।

कार्यक्रममा निर्यातकर्तातर्फ डाबर नेपाल, उद्योग क्षेत्रतर्फ हिमाल पावर लिमिटेड, कृषि तथा पशुपक्षी क्षेत्रतर्फ प्रोवायोटिक उद्योग तथा सहकारीतर्फ छिमेकी लघुवित्त उत्कृष्ट करदाताको रुपमा सम्मानित भएका छन्। यस्तै बैंक वित्तीय संस्थातर्फ नबिल बैंक, बीमामा नेपाल पुनर्विमा कम्पनी, स्वास्थ्य शिक्षातर्फ नोबल मेडिकल कलेज, सूचना तथा प्रविधि सेवातर्फ एफवान सफ्ट इन्टरनेशनल प्रालि र पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल उत्कृष्ट करदाता घोषित भएका छन्।

व्यापार व्यवसायतर्फ सिप्रदी ट्रेडिङ प्रालि सम्मानित भएको छ। ४० करोड कारोबार भएका मध्येबाट नेपाल इन्भेष्टमेन्ट प्रालि र वार्षिक रु ४० देखि ८० करोड कारोवार गर्ने मध्येबाट नेपाल धितोपत्र विनिमय बजार लिमिटेडलाई सम्मानित गरिएको हो। विगत १० वर्षदेखि नियमित र समयमै कर बुझाएको घोराही सिमेन्ट प्रालिलाई समेत सम्मान गरिएको छ। कार्यक्रममा उत्कृष्ट कर्मचारी तथा विभिन्न प्रतियोगितात्मक कार्यक्रमका विजेतालाई पुरस्कृत गरिएको थियो।

अर्थमन्त्री डा खतिवडाले कर नतिरे समृद्धिको बाटो अवरुद्ध हुने बताउँदै आम्दानीअनुसार कर तिर्नुपर्छ भनेर चेतना जगाउनुपर्ने बताए । स्वच्छिक कर सहभागितामा जानुपर्ने उल्लेख गर्दै मुद्दा मामिला र हतकडी लगाउनुपर्ने अवस्था आउन नदिन व्यवसायी सचेत हुनुपर्नेमा जोड दिनुपर्ने उनको धारणा थियो ।

त्यसैगरी आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले करदातालाई जागरुक बनाउनेतर्फ ध्यान दिँदै सरकारको आर्थिक नीति र राजश्व परिचालन नीतिलाई केन्द्रबिन्दुमा राखेर काम गरिरहेको बताएका छन् । उनले करदाताको बृहत्तर सहभागितका लागि बृहत्तर छुट सुविधासहितका कार्यक्रम ल्याएकाले त्यो अवसर नगुमाउनसमेत करदातालाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस