खोटाङ । खोटाङको दिप्रुङ गाउँपालिका -४ घर भएका २७ वर्षीय शुभराज राई भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।
प्रहरीले उनलाई शनिबार बिहान १ थान भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने सिसा तथा फलामका टुक्रासहित पक्राउ गरेको हो ।
मामा घरमा बस्दै आएका शुभराजलाई आफ्नो कोठामा बन्दुक लुकाइ राखेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
यसबार थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।







