काठमाडौं । नेपाल आयल निगमको प्रबन्ध निर्देशक पदका लागि १७ जनाको आवेदन परेको छ।
१५ दिनको म्याद राखेर निगमले गत भदौ २९ मा प्रबन्ध निर्देशकका लागि आवेदन माग गरेको थियो।
आवेदन दिनेहरूमा नेपाल खाद्य संस्थानका पूर्व महाप्रबन्धकदेखि, निगमकै अधिकारीसम्म रहेको निगमले जनाएको छ ।
आवेदनलाई मन्त्रालयद्वारा गठित मूल्यांकन समितिले उपयुक्त छनोट गरी मन्त्रिपरिषद्समक्ष सिफारिस पेस गर्नेछ। समितिको सिफारिसमा आधारित रहेर मन्त्रिपरिषद्ले प्रबन्ध निर्देशकको नियुक्तिको निर्णय गर्ने व्यवस्था छ।