काठमाडौँ । राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
सभाको आजको बैठकमा अर्थमन्त्री डा. वाग्लेले प्रस्ताव प्रस्तुत गरेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।
उक्त प्रस्ताव प्रस्तुत गर्दै मन्त्री डा. वाग्लेले सरकारले सहुलियत ऋण मात्रै लिएको स्पष्ट पारेका छन्।
यसअघि उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरू रामकुमारी झाँक्री, प्रेमप्रसाद दंगाल र खम्मबहादुर खातीले भाग लिँदै आ-आफ्नो धारणा व्यक्त गरेका छन् ।







