२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उजुरी अध्ययनविनै सुनुवाइ अघि बढाउन नहुने विपक्षीको अडान, प्रक्रिया र पारदर्शितामाथि प्रश्न

अ+ अ-

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ प्रक्रियामाथि विपक्षी दलका सांसदहरूले प्रश्न उठाएका छन् । संसदीय सुनुवाइ समितिको मंगलबार(आज) बसेको बैठकमा विपक्षी सदस्यहरूले प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना तथा प्राप्त उजुरी अध्ययनका लागि थप समय आवश्यक रहेको बताएका हुन् ।

बैठकमा नेकपाका नेता तथा समिति सदस्य वर्षमान पुनले संवैधानिक परिषद्को निर्णयलाई अस्वीकार गर्न नभई प्रक्रियागत रूपमा थप अध्ययन गरेर अघि बढ्नुपर्ने धारणा राखे । संवैधानिक परिषदमा कार्यपालिका, न्यायपालिका र विपक्षी पक्षसमेत सहभागी रहेकाले प्रक्रिया पूरा गर्दै सुनुवाइ अघि बढाउनुपर्ने उनको भनाइ थियो । उनले प्रधानन्यायाधीशको कार्यकाल लामो हुने भएकाले कार्ययोजना गम्भीर रूपमा अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याए ।

उनले “आज अध्ययन गरौं, भोलिबाट सुनुवाइ अघि बढाऔं” भन्ने प्रस्ताव राख्दै बहुमतको आधारमा अनुमोदन सम्भव भए पनि प्रक्रिया र पारदर्शितालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

समिति सदस्य तथा एमाले नेतृ पद्मा अर्यालले पनि एकै दिन उजुरी वितरण, अध्ययन र सुनुवाइ सम्पन्न गर्ने तयारीले समितिको गरिमामाथि नै प्रश्न उठ्न सक्ने बताइन् । उजुरीकर्ताका गुनासा सुन्ने, सामग्री अध्ययन गर्ने र त्यसपछि सुनुवाइ गर्ने क्रम स्वाभाविक प्रक्रिया हुनुपर्ने उनको भनाइ थियो ।

उनले हतारमा निर्णय गर्दा प्रक्रिया अपारदर्शी देखिन सक्ने र त्यसले कार्यपालिकाको निर्णयलाई केवल अनुमोदन गर्ने औपचारिक संरचना जस्तो सन्देश जान सक्ने टिप्पणी गरिन् । भोलि अध्ययन, त्यसपछिको दिन छलफल र त्यसपछि सुनुवाइ गर्न सकिने प्रस्ताव पनि उनले अघि सारिन् ।

समितिका सदस्य प्रेमप्रसाद दङ्गालले पनि कार्यतालिकामाथि प्रश्न उठाउँदै उजुरीकर्ता छलफल र सुनुवाइबीच पर्याप्त समय नरहेको बताए । प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना र उजुरी अध्ययन गर्न सांसदहरूलाई समय दिनुपर्ने उनको माग थियो ।

यस्तै सदस्य नरबहादुर बिष्टले सुनुवाइ प्रक्रिया हतारोमा अघि बढाइएको भन्दै असन्तुष्टि व्यक्त गरे । समितिले स्वतन्त्र र वस्तुगत मूल्याङ्कन गर्नुपर्नेमा पूर्वनिर्धारित अनुमोदनतर्फ गएको सन्देश जान सक्ने भन्दै उनले व्यंग्यात्मक रूपमा “समितिको नाम नै अनुमोदन समिति राखौं” भन्ने टिप्पणी गरे ।

संसदीय सुनुवाइ प्रक्रियालाई लिएर विपक्षी सदस्यहरूले उठाएका यी प्रश्नले प्रस्तावित प्रधानन्यायाधीशको अनुमोदन प्रक्रिया केवल संवैधानिक औपचारिकता बन्ने कि गहिरो परीक्षणको चरण पार गर्ने भन्ने बहसलाई पुन: केन्द्रमा ल्याएको छ ।

0 Comments