२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीले संसद् अवहेलना गरेको काँग्रेसको आरोप

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्रीले संसदीय अभ्यास र संवैधानिक मर्यादाको अवहेलना गरेको आरोप लगाएका छन्।

महामन्त्री पौडेलले वालेन्द्र शाह (बालेन)नेतृत्वको सरकारप्रति टिप्पणी गर्दै जानाजान रूपमा संसद्को भूमिकालाई कमजोर पारिएको दाबी गरेका हुन्।

प्रजातान्त्रिक विचार समाज नेपालको साधारण सभामा आइतबार बोल्दै उनले प्रधानमन्त्रीको व्यवहार सामान्य कमजोरी वा अपरिपक्वताको परिणाम नभई योजनाबद्ध रूपमा गरिएको हुन सक्ने संकेत गरे।

उनका अनुसार संसदीय प्रणालीमा सरकार प्रमुख संसद्प्रति पूर्ण रूपमा जबाफदेही हुनुपर्ने भए पनि वर्तमान अभ्यासले लोकतान्त्रिक मूल्य र संवैधानिक संरचनामाथि चुनौती सिर्जना गरेको देखिन्छ।

पौडेलले छोटो समयमै व्यापक जनसमर्थनसहित बनेको सरकार विभिन्न प्रश्नहरूको घेरामा पर्नु चिन्ताजनक विषय भएको टिप्पणी गरे। उनले राज्य संरचना अत्यधिक रूपमा केन्द्रित हुँदै गएको आरोप पनि लगाए।

उनका भनाइअनुसार राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण तथा विशेष अनुसन्धान जस्ता संवेदनशील निकायहरू प्रधानमन्त्री केन्द्रित बनाइँदा शक्ति सन्तुलन प्रभावित हुने जोखिम बढेको छ।

त्यस्तै, संवैधानिक परिषद्को संरचनामा गरिएको परिवर्तनप्रति पनि उनले असहमति जनाए। ६ सदस्यीय परिषद्मा तीन सदस्यले बहुमत पुग्ने व्यवस्था विश्व अभ्यासमै असामान्य भएको उनको दाबी छ।

उनले प्रधानमन्त्रीमा सबै निर्णय आफू केन्द्रित हुने सोच हाबी हुँदै गएको संकेत गर्दै यस्तो प्रवृत्तिले दीर्घकालीन रूपमा लोकतान्त्रिक प्रणाली कमजोर बनाउन सक्ने चेतावनी दिए।

पौडेलले सरकारलाई समयमै संवैधानिक सीमाभित्र राख्न नसके लोकतान्त्रिक संरचना नै जोखिममा पर्न सक्ने र राज्य सञ्चालनमा विधिको शासन कमजोर हुने सम्भावना रहने बताए।

0 Comments