२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वविशिष्ट पदाधिकारीको विदेश उपचार खर्च राज्यले व्यहोर्ने व्यवस्था सर्वोच्चबाट बदर

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वविशिष्ट पदाधिकारीहरूले विदेशमा उपचार गराउँदा राज्य कोषबाट खर्च व्यहोर्ने कानुनी प्रबन्ध अमान्य ठहर गरेको छ। संवैधानिक इजलासले संविधान तथा प्रचलित कानुनसँग असंगत रहेको निष्कर्षसहित उक्त व्यवस्था खारेज गरेको हो।

सोमबार बसेको इजलासले सम्बन्धित कार्यविधिमा समावेश प्रावधान वैधानिक आधार विपरीत रहेको ठहर गर्दै निष्क्रिय बनाउने निर्णय गरेको सर्वोच्च अदालत स्रोतले जनाएको छ। अदालतले आदेशको विस्तृत पाठ भने हालसम्म सार्वजनिक गरेको छैन।

यसअघि स्वदेशमै उपचार सम्भव हुँदाहुँदै पनि कतिपय पूर्वउच्च पदाधिकारी विदेश गएर उपचार गर्ने तथा मन्त्रिपरिषद्को निर्णयमार्फत त्यसको खर्च सरकारले व्यहोर्ने अभ्यास रहँदै आएको थियो। २०७५ सालमा जनस्वास्थ्यसम्बन्धी ऐन लागू भएपछि यस्तो अभ्यास रोक्ने प्रयास गरिएको भए पनि अर्को कार्यविधिको आधारमा खर्च भुक्तानी हुँदै आएको थियो।

अदालतको पछिल्लो निर्णयसँगै विदेशमा गराइने उपचारको खर्च राज्य कोषबाट उपलब्ध गराउने व्यवस्था अब कानुनी रूपमा निरन्तरता पाउन नसक्ने भएको छ।

सर्वोच्चले नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायता सम्बन्धी ९दोस्रो संशोधन० कार्यविधि, २०७३ को दफा १२९१० खारेज गरेको हो। उक्त दफाले पूर्वविशिष्ट पदाधिकारीको विदेश उपचार खर्च सरकारले व्यहोर्ने व्यवस्था गरेको थियो।

यस प्रावधान अन्तर्गत पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व सभामुख, पूर्वप्रधान न्यायाधीश, पूर्व उपसभामुख, पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, पूर्व राज्यमन्त्री, पूर्व सहायकमन्त्री, पूर्वसांसद तथा पूर्वसंवैधानिक पदाधिकारीहरू समेटिएका थिए।

सर्वोच्चको निर्णयलाई राज्य स्रोतको उपयोग, कानुनी शासन र सार्वजनिक उत्तरदायित्वसँग जोडिएको महत्वपूर्ण नजिरका रूपमा हेरिएको छ।

0 Comments