२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

अ+ अ-

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयलाई शुल्क निर्धारणसहित अन्य सम्पूर्ण विवरण अनिवार्य रूपमा पेस गर्न लिखित सूचना जारी गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखाद्वारा आज जारी सूचनामा उपमहानगरभित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयलाई शैक्षिक तथा प्रशासनिक तथा शैक्षिकसत्र २०८३ का लागि लागू गरिने सम्पूर्ण शुल्क विवरण् सहित आवश्यक कागजात सात दिनभित्र पेस गर्न निर्देशन जारी गरेको हो ।

सो पालिकाको नगर शिक्षा समितिको गत चैत ३० गते बसेको बैठकले गरेको निर्णयअनुसार सो निर्देशन गरिएको विज्ञप्तिमा जनाइएको छ । विद्यालय वर्गीकरण गर्दा संस्थागत विद्यालय मापदण्ड निर्देशिका, २०६१ तथा विद्यालय वर्गीकरण एवम् शुल्क निर्धारण कार्यविधि, २०८१ अनुसार कुन वर्गमा विद्यालय पर्छ भन्ने स्पष्ट आधार खुलाउनुपर्ने सूचनामा उल्लेख छ ।

त्यस्तै, कक्षा १ देखि १२ सम्म अध्ययन, अध्यापन गराइने पाठ्यपुस्तक, पाठ्यसामग्री तथा सिकाइ सामग्रीको विस्तृत सूची पनि पब्लिकेसनका नाममा ठेगानासहित बुझाउनुपर्ने शिक्षा तथा खेलकुद विकास शाखाकी प्रमुख अञ्जु पाण्डेले बताईन् ।

सूचनामार्फत विद्यालयमा हुने अनियमितता रोक्न शुल्क व्यवस्थापन र शैक्षिक सामग्रीमा पादर्शिता कायम गर्न सो सूचना जारी भएको उनले जानकारी दिईन् । सूचना प्रकाशन भएको मितिले सात दिनभित्र विवरण पेस नगर्ने विद्यालयलाई कारबाही गरिने उनले बताईन् ।

0 Comments