२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डाइजेष्टिभ बिस्कुटमा रौँ भेटिएसँगै दुई लाख जरिवाना, सात दिनभित्र जम्मा गर्न आदेश

अ+ अ-

काठमाडौँ । डाइजेष्टिभ बिस्कुटमा रौँ भेटिएको उजुरी पुष्टि भएपछि सम्बन्धित उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गर्दै सात दिनभित्र रकम जम्मा गर्न आदेश दिइएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार उपभोक्ताबाट प्राप्त उजुरीका आधारमा गरिएको निरीक्षण तथा अनुसन्धानका क्रममा उक्त बिस्कुटमा रौँ भेटिएको पुष्टि भएको हो।

विभागले दुहबी, सुनसरीस्थित एरियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रा.लि.द्वारा उत्पादन गरिएको डाइजेष्टिभ नट्स नामक बिस्कुटको नमुना संकलन गरी थप परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगर पठाएको जनाएको छ।

अनुगमनका क्रममा उद्योगको उत्पादन प्रक्रिया र गुणस्तरमा कमजोरी देखिएको निष्कर्षसहित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, विराटनगरमार्फत उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम उद्योगलाई रु. २,००,००० जरिवाना गरिएको हो।

विभागले जरिवाना रकम सात दिनभित्र दाखिला गर्न निर्देशन दिँदै खाद्य वस्तुको गुणस्तरमा लापरबाही गर्ने उद्योगमाथि कडाइका साथ निगरानी जारी रहने स्पष्ट पारेको छ।

0 Comments