१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल निजामती कर्मचारी संगठनको केन्द्रिय कार्य समितिको बैठक जारी, के के हुँदैछन् निर्णय ?

अ+ अ-

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनको केन्द्रिय कार्यसमितिको चौथो बैठक शुरु भएको छ ।

कर्मचारी समायोजन र संघीय निजामती सेवा ऐनको पूर्वसन्ध्यामा बसेको संगठनको बैठकले के कस्ता निर्णयहरु गर्दैछ भन्ने विषयलाई महत्वका साथ हेरिएको छ ।

सिँचाई विभागको सभाहल जावलाखेलमा चलिरहेको बैठकमा संगठनका केन्द्रिय पदाधिकारी र सदस्यहरुसहित करीब एक सय जनाको उपस्थिति रहेको छ भने बैठकको प्रमुख अथितीमा परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीलाई निम्त्याइएको छ ।

यि हुँदैछन् निर्णय

निजामती क्षेत्रको पहिलो र ठूलो संगठनको रुपमा रहेको संगठनको केन्द्रिय समितिको बैठकबाट यसअघि नै सार्वजनिक भइसकेका लगाएत केही नयाँ विषयहरुमा निर्णय हुँदैछन् ।

संगठनको केन्द्रिय समितिको बैठकले संघीय निजामती सेवा ऐनमा साविक ऐनमा भए सरह ट्रेड युनियन अधिकार समावेश गरी कर्मचारीको अधिकतम हित समावेश गर्ने किसिमको ऐन निर्माणमा दवाव सिर्जना गर्ने विषयमा छलफल भएको छ ।

त्यसैगरी छलफलका बुँदाहरुमा हरेक तहमा आन्तरिक, अन्तर प्रदेश र स्थानीय तह, प्रदेश र संघबीचमा गरिने कर्मचारी सरुवा बढुवाका लागि स्पष्ट मापदण्ड र वैज्ञानिक विधि अवलम्बर गरी सम्मानयोग्य समायोजन अपनाउन दवाव सिर्जना गर्ने, प्रशासनिक संरचनामा संघ, प्रदेश र स्थानीय तहमा हुने संरचना र जनशक्तिको उचित व्यवस्थापनका लागि संगठनले स्पष्ट दृष्टिकोण गर्ने रहेका छन् ।

त्यस्तै सरुवा प्रणाली स्वचालित, पूर्वानुमानयोग्य र मापदण्डमा आधारित हुन सकेको छैन । यसलाई व्यवस्थित गर्नका लागि सरकारलाई दवाव दिने तथा क्षतिपूर्ति सहितको नागरिक सेवा प्रवाह पूर्णरुपमा सबै निकायमा लागू गरी कर्मचारीलाई स्वतः सेवा प्रवाह गर्न उत्प्रेरित गर्ने विषयले समेत छलफलमा प्रवेश पाएको छ ।

चालु आर्थिक वर्षको वजेट वक्तब्यमार्फत सम्बोधन भएका विषयहरु राष्ट्रसेवक हाईड्रो कार्यक्रम लाई लागू गर्नका लागि उपयुक्त आयोजना छनौट गरी यथाशीघ्र निर्माण कार्य अगाडी बढाउन सरकारलाई दवाव दिने तथा सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुको तलव सुविधा पुनरावलोकन गर्न अध्ययन गरी सुझा दिन तत्काल उच्चस्तरीय तलव आयोग गठन गर्न सरकारसँग माग गर्ने विषयहरुमा पनि संगठनले निर्णय गर्दै छ ।

त्यसैगरी करार सेवामा धेरै लामो समयसम्म काममा लगाइएका श्रमिक÷कर्मचारीहरुको सामाजिक सुरक्षाको ग्यारेण्टीका लागि दवाव श्रृजना गर्ने जनाएको छ भने भ्रष्टाचारजन्य कार्यको दोष तल्ला तहका कर्मचारीलाइए बढी देखाउँदा नीतिगत भ्रष्ट्राचार छायाँमा परी जनता समक्ष सबै राष्ट्रसेवक कर्मचारीप्रति एक खालको नकरात्मक प्रचार भईरहेको छ त्यसका लागि अंशमा नभइ समग्रमा दृष्ट्रिकोण बनाउन जरुरी रहेको विषय बैठकमा उठेका छन् ।

प्रतिक्रिया दिनुहोस