२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान संशोधन बहसपत्र तयारीका लागि कार्यदल सक्रिय

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘संविधान संशोधन बहसपत्र’ तयार पार्न गठन गरेको कार्यदलले काम सुरु गरेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले चैत १३ गते सार्वजनिक गरेको ‘शासकीय सुधार सम्बन्धी एक सय बुँदे कार्यसूची’ को बुँदा नम्बर ४ अनुसार उक्त कार्यदल गठन गरिएको हो। उक्त कार्यसूचीमा देशको दीर्घकालीन राजनीतिक तथा संस्थागत सुधार, निर्वाचन प्रणालीलगायतका विषयमा राष्ट्रिय सहमति निर्माण गर्न सात दिनभित्र कार्यदल गठन गर्ने व्यवस्था गरिएको छ।

सोहीअनुसार चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले तोकेका एक-एक जना प्रतिनिधि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन तथा मानव अधिकार हेर्ने सचिव, नेपाल कानुन आयोगका सचिव तथा सोही कार्यालयका कानुन तथा फैसला कार्यान्वयन हेर्ने सहसचिव सदस्य-सचिव रहने व्यवस्था गरिएको छ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार कार्यदलका लागि राजनीतिक दलहरूलाई नाम पठाउन पत्राचार भइसकेको र नाम प्राप्त हुने क्रम जारी छ। सदस्यहरूको ढुंगो लाग्नासाथ यसै साताभित्र कार्यदलको बैठक बस्ने तयारी गरिएको र प्रारम्भिक बैठकमा सदस्यहरूका राय तथा सुझाव संकलन गरिने दाहालले बताइन् ।

त्यसपछि कार्यदलले पूर्वराष्ट्रपति, संविधानविद्, कानुनी व्यवसायी, पूर्वप्रधानन्यायाधीश, सञ्चार माध्यम, धार्मिक संस्था, निजी क्षेत्र, ‘जेन-जेड’ पुस्ताका अगुवा तथा स्थानीय तहका प्रतिनिधिहरूसँग चरणबद्ध रूपमा बृहत् छलफल गर्ने योजना बनाएको छ। सो प्रक्रिया पूरा भएपछि संविधान संशोधनसम्बन्धी बहसपत्रलाई पूर्णता दिने तयारी गरिएको छ।

बहस प्रक्रियालाई सहभागितामूलक, पारदर्शी र तथ्यमा आधारित बनाउने लक्ष्यसमेत राखिएको छ।

कार्यदलका संयोजक असिम शाहसँग सञ्चार क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव रहेको छ। संसदीय मामिलामा रिपोर्टिङमा दखल राख्ने शाह २०७९ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित पूर्वसांसद हुन्। संसदमा रहँदा उनले विभिन्न विधेयकको मस्यौदा तयारीमा भूमिका निर्वाह गरेका थिए। हाल उनी काठमाडौँ विश्वविद्यालयमा आमसञ्चार विषयमा विद्यावारिधि अध्ययनरत छन्।