२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीद्वारा पदभार ग्रहणपछि प्रतिबद्धता सार्वजनिक

अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नवनियुक्त मन्त्री सीता बादीले शहिद, घाइते, जेनजेड अभियन्ता, राष्ट्रसेवक तथा आम नागरिकप्रति सम्मान व्यक्त गर्दै जिम्मेवारी इमान्दारिता, पारदर्शिता र उत्तरदायित्वका साथ निर्वाह गर्ने प्रतिबद्धता जनाएकी छन्।

मन्त्रीले बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषदमा सहभागी हुने अवसरलाई समुदायका लागि सम्मानसँगै गहिरो जिम्मेवारीका रूपमा लिएको उल्लेख गरेका छन्। उनले यो जिम्मेवारी जेनजेड आन्दोलनको मर्मसँग जोडिएको दायित्व भएको बताउँदै सीमितता र चुनौतीबीच पनि समन्वयात्मक प्रयासमार्फत समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

मन्त्री बादीले देशभरका मतदाता तथा विदेशमा रहेका नेपालीप्रति आभार व्यक्त गर्दै परिवर्तनको प्रभाव आम नागरिकको जीवनमा देखिने गरी काम गर्ने उल्लेख गरेकी छन्। “देशमा परिवर्तनको प्रभाव आम नेपालीको जीवनमा झल्किन, आम नागरिककै हितलाई मन मस्तिष्कमा राखेर जब हामी आफ्ना कर्मलाई मानवता र मुलुकको हितप्रति मुखरित गर्ने छौँ, समग्र देश प्रगतितर्फ लम्कने छ,” उनले भनेकी छिन्।

उनले सुर्खेतकी इनिसा विकजस्ता पीडितका घटनाले समाजलाई संवेदनशील र सजग बन्न बाध्य बनाएको उल्लेख गर्दै यस्ता घटना पुनः दोहोरिन नदिन राज्य संयन्त्र अझ सक्रिय हुनुपर्ने आवश्यकता औँल्याएकी छन्। यससँगै न्यायपूर्ण, समावेशी र सुरक्षित समाज निर्माणमा मन्त्रालय केन्द्रित हुने स्पष्ट पारेका छिन्।

मन्त्रीले प्राप्त शुभकामना र समर्थनप्रति आभार व्यक्त गर्दै समय अभावका कारण सबैसँग प्रत्यक्ष सम्पर्क गर्न नसकेकोमा क्षमा मागेकी छन्। साथै, आगामी दिनमा सुझाव र सकारात्मक आलोचनाको अपेक्षा राख्दै समाजका सबै वर्ग–विशेष गरी बालबालिका, महिला र ज्येष्ठ नागरिकप्रति सहानुभूति र जिम्मेवार व्यवहार अपनाउन नागरिकसँग आग्रह गरेकी छिन्।

अन्त्यमा, ऐतिहासिक रूपमा दलित समुदायले भोग्दै आएका पीडा र विभेद दोहोरिन नदिने वातावरण निर्माणमा मन्त्रालयले विशेष ध्यान दिने उल्लेख गर्दै सबै वर्गका लागि समान, सुरक्षित र न्यायपूर्ण समाज निर्माणमा निरन्तर प्रयास गर्ने प्रतिबद्धता जनाएकी छिन्।