२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शैक्षिक सत्रअघि भर्ना र अनधिकृत सामग्री प्रयोगमा महानगरको कडा निर्देशन

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालयहरूमा पाठ्यपुस्तक तथा पोशाकको बिक्री वितरणमा नियन्त्रण गर्न निर्देशन जारी गर्दै नियम विपरीतका गतिविधि तत्काल रोक्न सचेत गराएको छ।

महानगरको शिक्षा विभागले आइतबार सार्वजनिक गरेको सूचनामा केही विद्यालयहरूले आफ्नै परिसरबाट पाठ्यपुस्तक र पोसाक बिक्री गर्दै आएकोबारे जानकारी प्राप्त भएपछि यस्तो कार्य बन्द गर्न आग्रह गरिएको जनाइएको छ।

सूचना अनुसार नयाँ शैक्षिक सत्र औपचारिक रूपमा सुरु नहुँदै भर्ना प्रक्रिया अघि बढाउने, पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृति नलिएका पाठ्यपुस्तक तथा शैक्षिक सामग्री प्रयोग गर्ने, साथै विद्यालयभित्रबाट पुस्तक, अतिरिक्त सामग्री र पोसाक खरिद गर्न विद्यार्थी तथा अभिभावकलाई दबाब दिने जस्ता क्रियाकलाप भइरहेका गुनासाहरू प्राप्त भएका छन्।

महानगरले यस्ता अभ्यासहरू शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ तथा काठमाडौँ महानगरपालिका शिक्षा ऐन २०७५को मर्मविपरीत हुने स्पष्ट पारेको छ।

निर्देशन उल्लंघन गर्ने विद्यालय सञ्चालकविरुद्ध प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत महानगरले दिएको छ।