२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिद्धार्थनगर नगरपालिकाद्वारा फोहोरलाई वर्गीकरण गर्न आग्रह

अ+ अ-

देवदह (रुपन्देही) । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले दीर्घकालीन फोहोरमैला व्यवस्थापनका लागि फोहोरमैला वर्गीकरण भएपश्चात् मात्र फोहोर उठाउने भएको छ ।

 नगरपालिकाले नगरवासीलाई २०८२ चैत १७ गतेसम्म आफ्नो पसल, होटल, निजी घर, संघ-संस्था र विद्यालयलगायतबाट उत्पादन हुने फोहोरहरू वर्गीकरण गर्न अनुरोध गरेको छ ।

सो मितिसम्म फोहोर वर्गीकरण नगर्ने जुनसुकै निकायको फोहोर २०८२ चैत १८ गतेदेखि सिद्धार्थनगर नगरपालिकाले नउठाउने नगर कार्यपालिकाको निर्णय रहेको प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताए । 

नगरपालिकाले कुहिने जैविक फोहोर: घरेलु फोहोरमैला (खाना पकाउँदा बाँकी रहेका अवशेष, भात, दाल, तरकारी तथा फलफूलका बोक्रा, सागसब्जी, पातिङ्गर, घाँस, चिया तथा कफीका अवशेष आदि कुहिने फोहोर) जस्ता सडिगली जाने प्रकृतिका घरायसी वस्तुहरू, नकुहिने (अजैविक) फोहोर: प्लाष्टिक, पोलिथिन, रबर, कपडा, जुत्ता, ब्याट्री, विद्युतीय सामानहरूका अवशेष जस्ता सडिगली नजाने प्रकृतिका फोहोरहरू तथा नकुहिने (अजैविक) फोहोर: सिसा, काँच, धातु, टिनलगायत सडिगली नजाने प्रकृतिका कवाडहरु वर्गीकरण गर्न अनुरोध गरेको छ ।

उल्लिखित प्रकृतिका फोहोरहरू वर्गीकरण नगरिएमा नगरपालिकाले फोहोरमैला नउठाउने र सोको व्यवस्थापन स्वयं आफैँले गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिए। उनका अनुसार फोहोरमैला जथाभावी सडकपेटी तथा सार्वजनिक स्थलमा फालेको पाइएमा कानुनबमोजिम न्यूनतम रु पाँच हजारदेखि फोहोरको प्रकृतिअनुसार जरिवाना लाग्नेछ ।

विक्रम संवत् २०८२ चैत १८ गतेदेखि वर्गीकरण नभएको फोहोर संकलन नहुने हुँदा सम्पूर्ण नगरवासी, होटल/पसल व्यवसायीहरू, विद्यालय र विभिन्न संघ-संस्थाहरुले फोहोर वर्गीकरण गर्ने कार्यमा सहयोग गर्न सिद्धार्थनगर नगरपालिकाले आग्रह गरेको छ । सिद्धार्थनगर नगरपालिकामा १३ वटा वडा छन् ।