२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालकै पहिलो डिजिटल इकोसिस्टम ग्लोबल डायरी सञ्चालनमा

अ+ अ-

काठमाडौँ । नागरिक, व्यवसाय र सरकारी निकायलाई एउटै विश्वसनीय, संरक्षित र दिगो ‘डिजिटल प्लेटफर्म’मा जोड्ने उद्देश्यले नेपालमै बनेको ‘एआई’ समर्थित एकीकृत डिजिटल इकोसिस्टमको रूपमा ग्लोबल डायरी सञ्चालनमा आएको छ ।

आम नागरिक, व्यवसायी र सरकारी निकायलाई लक्षित गरी यस डिजिटल प्लेटफर्म अभ्यासमा ल्याइएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यसमार्फत व्यवसायलाई आफ्नो डिजिटल उपस्थितिलाई वेबसाइटस्तरमा पुर्‍याउने, बजारीकरणको खर्च घटाउने र ग्राहकसँग सीधा संवाद गर्ने सुविधा दिएको कुनै पनि व्यवसायको विस्तार र प्रवर्द्धनमा पनि सहयोग पुग्ने जनाइएको छ । यसमार्फत सिधै उपभोक्ताहरूसँग सम्बन्ध कायम हुनसक्ने भएकाले बजारीकरणमा हुने खर्च पनि ह्वात्तै घट्न जाने, सञ्चालनमा हुने अन्य खर्चमा पनि कमी आउने हुँदा व्यवसायी र उपभोक्ताले प्रत्यक्ष लाभ पाउने सो अवसरमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. विनोद आत्रेयले सबै किसिमका सोसियल मिडियाका विशेषताहरूलाई एकीकृत गरी आम जनतालाई अवसर, व्यापार, सेवामार्फत सङ्गठित गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको यस प्लेटफर्मको सफलताको कामना गरे । ग्लोबल डायरीका अध्यक्ष शेखर अर्यालले आजको डिजिटल युगमा देशले अन्तरराष्ट्रियस्तरमा आफ्नो पहुँच विस्तार गर्ने गरी विकास गरिएको ग्लोबल डायरी राष्ट्रिय गौरव गर्ने एउटा प्लेटफर्म भएको र यसले उपभोक्ता, व्यवसायी, मिडिया र सरकार सबैलाई लाभ पुग्ने हुँदा यसमा आबद्ध हुन सबैलाई आग्रह गरे। मुलुकलाई डिजिटल प्रविधिमार्फत आर्थिक समृद्धितर्फ अघि बढाउन यस किसिमको अभियानलाई सफल बनाउनुपर्नेमा उनको जोड थियो ।

ग्लोबल डायरीका प्रमुख कार्यकारी निर्देशक एवं संस्थापक भगवानदास अग्रहरिले यो प्लेटफर्म केवल एक सामाजिक सञ्जाल, ई–कमर्स पोर्टल वा रोजगार प्लेटफर्म मात्र नभई समग्र डिजिटल इको–सिस्टम हो जसले: नागरिकलाई आधिकारिक सेवा प्रदायक खोज्न, समीक्षा हेर्न र आफ्ना आवश्यकताअनुसार निर्णय गर्न सहयोग गर्दछ भने ।

उन्नत एआई प्रयोगले प्रयोगकर्तालाई सान्दर्भिक सेवाहरू, रोजगारी सिफारिस र प्रमाणित स्थानीय व्यवसाय पत्ता लगाउन मद्दत गर्न, नक्कली गतिविधि रोक्ने, तथ्यांकको गोपनीयता राख्ने भएकाले सुरक्षित, भरपर्दो र बहुउपयोगी प्लेटफर्म भएको उनले दाबी गरे।

राष्ट्रिय समाचार समितिका सञ्चालक समिति सदस्य कृष्ण अधिकारीले मुलुकमा थुप्रै डिजिटल प्लेटफर्महरू सञ्चालनमा रहे पनि भरपर्दो राष्ट्रियस्तरको डिजिटल प्लेटफर्मको कमी महसुस भइरहेको बेला ग्लोबल डायरीले एउटा विश्वसनीय एकीकृत इकोसिष्टम निर्माण गरेको र यो प्लेटफर्म सञ्चारकर्मीहरूका लागि पनि उत्तिकै उपयोगी रहेको बताए।

ग्लोबल डायरीका सञ्चालक कृष्ण सापकोटाले युवा, विद्यार्थी, रोजगार खोजीकर्ता, उद्यमी, व्यवसायी, पेसागत सङ्गठनहरु, स्थानीय सेवा प्रदायकहरू सबैलाई लक्षित गरी यो प्लेटफर्म सञ्चालनमा ल्याइएको उल्लेख गरे ।