२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभा निर्वाचनको सुरक्षा तयारी अनुगमनमा गृहमन्त्री नेतृत्वको टोली नुवाकोट र धादिङमा

अ+ अ-

नुवाकोट । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन तोकिएकै मितिमा देशैभर स्वच्छ, निष्पक्ष र धाँधलीरहित ढङ्गमा सम्पन्न गरिने स्पष्ट पारेका छन् ।

शनिबार फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारी तथा सुरक्षा व्यवस्थाबारे स्थलगत निरीक्षण–अनुगमन गर्न गृहमन्त्री अर्याल नेतृत्वको टोली नुवाकोट र धादिङ पुगेको हो । निरीक्षणका क्रममा टोलीले दुवै जिल्लाका मुख्य निर्वाचन अधिकृतका कार्यालयमा छलफल गर्दै निर्वाचन व्यवस्थापन र सुरक्षा तयारीको अवस्थाबारे जानकारी लिएको थियो ।

अनुगमन टोलीमा गृह सचिव राजकुमार श्रेष्ठ, गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्ले, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की तथा गृहमन्त्रीको सचिवालयका सदस्यहरू सहभागी थिए ।

निरीक्षणका क्रममा गृहमन्त्री अर्यालले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित ढङ्गमा सम्पन्न गराउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै हाल फैलाइँदै आएका मिथ्या तथा भ्रामक सूचनाप्रति सचेत रहन सबै सरोकारवाला निकायलाई आग्रह गरे । “हाम्रो आचरण र व्यवहारबाटै सरकारको प्रतिबद्धता अनुभूत भइसकेको छ र आगामी दिनमा पनि त्यसैगरी देखिनेछ,” उनले भने ।

नुवाकोटका मुख्य निर्वाचन अधिकृत ८८कोमल प्रसाद आचार्य८८ले हालसम्म गरिएका निर्वाचन तयारीबारे प्रस्तुतीकरण गरेपछि, गृहमन्त्री अर्यालले जिल्लामा भरपर्दो सुरक्षा व्यवस्था मिलाई निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन् । सो जानकारी गृह मन्त्रालयका प्रवक्ता तथा सुरक्षा तथा समन्वय महाशाखा प्रमुख काफ्लेले दिएका हुन् ।

निरीक्षण बैठकमा जिल्लाका दुवै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतहरू तथा सबै सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । अनुगमनपछि मन्त्रालयका प्रवक्ता काफ्लेले नुवाकोट र धादिङ दुवै जिल्लामा मुख्य निर्वाचन अधिकृत र जिल्ला निर्वाचन अधिकृतबीचको समन्वय प्रभावकारी रहेको र निर्वाचन तयारी सन्तोषजनक रूपमा अघि बढिरहेको बताए ।

यस्तै, गृहमन्त्री अर्यालसहितको टोली नुवाकोटबाट धादिङ पुगेर त्यहाँको समग्र सुरक्षा अवस्था र निर्वाचन तयारीबारे जिल्ला सुरक्षा समिति, मुख्य निर्वाचन अधिकृत तथा जिल्ला निर्वाचन अधिकृतसँग छलफल गरेको छ । सो अवसरमा निर्वाचनका लागि जिल्लामा आइपुगेका सामग्रीहरूको अवस्थाबारे समेत टोलीले अवलोकन गरेको जनाइएको छ ।