२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार बढी

अ+ अ-

काठमाडौँ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन, समानुपातिकतर्फको बन्द सूचीमा २५ देखि ८० वर्षभन्दा माथि उमेरका उम्मेदवार पनि समावेश भएका छन् । निर्वाचन आयोगको बन्द सूचीमा समाविष्ट विवरणअनुसार युवामा महिला उम्मेदवार र प्रौढमा तुलनात्मक रूपमा पुरुष उम्मेदवार बढी रहेको देखिएको छ ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बन्द सूचीमा कूल तीन हजार १३५ उम्मेदवार रहेकामा महिला एक हजार ७७२ र पुरुष एक हजार ३६३ छन् । त्यसमा २५ देखि २९ उमेर समूहका महिला ११७ र पुरुष ५१ गरी १६८, ३० देखि ४० उमेर समूहका २०१ महिला र ८४ पुरुष गरी २८५, ३५ देखि ३९ उमेर समूहका २६८ महिला र १३३ पुरुष गरी ४०१, ४० देखि ४४ उमेर समूहका ३४१ महिला र १९४ पुरुष गरी ५३५ जना उम्मेदवार छन् । 

यसैगरी ४५ देखि ४९ उमेर समूहका महिला २९४ र पुरुष १६२ गरी ४५६, ५० देखि ५४ उमेर समूहका २२० महिला र १६६ पुरुष गरी ३८६, ५५ देखि ५९ उमेर समूहका १५५ महिला र २०० पुरुष गरी ३५५, ६० देखि ६४ उमेर समूहका १०३ महिला र १५८ पुरुष गरी २६१, ६५ देखि ६९ उमेर समूहका ४४ महिला र ११४ पुरुष गरी १५८, ७० देखि ७४ उमेर समूहका १९ महिला र ६७ पुरुष गरी ८६, ७५ देखि ७९ उमेर समूहका महिला नौ र पुरुष २३ गरी ३२ तथा ८० वर्ष माथिका एक महिला र ११ पुरुष गरी १२ उम्मेदवार बन्द सूचीमा समावेश छन् ।

समावेशी समूहका आधारमा आदिवासी जनजातितर्फ ९११, खसआर्यतर्फ ९४६, दलित तर्फ ४२५, थारुतर्फ २०३, मधेसीतर्फ ५०२, मुस्लिमतर्फ १४८ जना उम्मेदवार समावेश छन् ।

आयोगमा गत पुस १३ र १४ गते ६४ राजनीतिक दलले बन्द सूची पेस गरेका थिए । तीमध्ये २२ दलले मात्रै ११० वटै स्थानमा उम्मेदवारी मनोनयन गरेका थिए । प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलहरूबाट पेस भएका उम्मेदवारको बन्द सूचीमाथि परेका उजुरीका आधारमा आयोगले ७६ जना उम्मेदवारको नाम बन्द सूचीबाट हटाउने निर्णय गरेको थियो । 

ती उम्मेदवारमध्ये कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१, प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूचीमा नाम कायम रहेका २५, आयोगबाट तोकिएको जरिवाना भुक्तान नगरेका १०, २५ वर्ष उमेर पूरा नभएका चार, मतदाता नामावलीमा नाम समावेश नभएका एक, मतदाता नामावली पिछडिएका क्षेत्रमा नरहेका दुई, महिला उम्मेदवार पेस हुनुपर्नेमा पुरुष उम्मेदवार पेस भएका एक, नाम हटाउन भनी सम्बन्धित राजनीतिक दलबाट लेखिआएका १० र अन्य कारण भएका दुई जना उम्मेदवारको नाम सूचीबाट हटाइएको आयोगले जनाएको छ ।

सूचीअनुसार औसत प्रति निर्वाचन चिह्नमा उम्मेदवारी दिने दलको सङ्ख्या ६० देखिएको छ । यस्तै, न्यूनतम ११ स्थानमा बन्द सूची पेस गर्ने दलको सङ्ख्या १० रहेको छ । यसैगरी एकल चिह्न लिएका दलहरू १० रहेका छन् ।

निर्वाचनका लागि आयोगमा ९३ राजनीतिक दलले समानुपातिक प्रणालीमा उम्मेदवारी दिन आवेदन दिएकामा बन्द सूची पेस गर्ने भने ६३ दल मात्रै देखिएका छन् । ती दलमध्येबाट ५७ निर्वाचन चिह्न कायम गरिएका छन् ।