२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन तयारी सुदृढ बनाउन नेकपाले सातै प्रदेशमा नेताहरूलाई खटायो 

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को निर्वाचन परिचालन समितिको सचिवालयको दोस्रो बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न भएको छ।

बैठकमा सचिवालय सदस्यहरूले निर्वाचन तयारीको अवस्था, समसामयिक राजनीतिक परिस्थिति तथा क्षेत्रगत अवस्थासम्बन्धी विवरण प्रस्तुत गरेका थिए। प्रस्तुत प्रतिवेदनपछि संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समग्र राजनीतिक परिदृश्य र निर्वाचनसँग सम्बन्धित विषयमा धारणा राखेका थिए।

बैठकले केन्द्रीय निर्वाचन परिचालन समितिको आगामी बैठक माघ २२ गते आयोजना गर्ने निर्णय गरेको छ। साथै नेता तथा कार्यकर्ताको परिचालन, निर्वाचनसम्बन्धी अपिल प्रकाशन, घोषणापत्रको सम्पादन तथा प्रकाशन, सुरक्षा व्यवस्था, आर्थिक तथा सञ्चार माध्यम परिचालन, आचारसंहिता र निर्वाचन आयोगसँग सम्बन्धित विषयमा विभिन्न निर्णय गरिएको जनाइएको छ।

निर्वाचन परिचालनको प्रभावकारी अनुगमनका लागि बैठकले प्रदेशगत जिम्मेवारी तोकेको छ। निर्णयअनुसार कोशी प्रदेशमा बेदुराम भुसाल, मधेश प्रदेशमा अग्नि सापकोटा, बागमती प्रदेशमा राजेन्द्र श्रेष्ठ, गण्डकी प्रदेशमा देव गुरुङ, लुम्बिनी प्रदेशमा पम्फा भुसाल, कर्णाली प्रदेशमा प्रमेश हमाल र सुदूरपश्चिम प्रदेशमा रञ्जिता श्रेष्ठलाई जिम्मेवारी प्रदान गरिएको छ।

त्यसैगरी, निर्वाचनका लागि अपिल छिट्टै सार्वजनिक गर्ने र घोषणापत्रलाई परिमार्जन गरी प्रकाशन गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रचारप्रसार कार्यलाई व्यवस्थित बनाउन अग्नि सापकोटाको नेतृत्वमा जगतनाथ खतिवडा र गोविन्द आचार्य सदस्य रहेको केन्द्रीय प्रचार समिति गठन गरिएको छ। समितिले आवश्यक परामर्शसहित निर्वाचन प्रचारलाई अघि बढाउने निर्णय बैठकले गरेको जनाएको छ।