काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन जेड आन्दोलनपछिको राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै नेपालमा बाह्य शक्तिको प्रभावमा सरकार गठन गर्ने प्रयास भएको आरोप लगाएका छन्।
प्रेस चौतारी नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले निर्वाचनपछिको परिस्थितिलाई संकेत गर्दै युक्रेनका राष्ट्रपति जेलेन्स्कीजस्तै पृष्ठभूमिको सरकार स्थापना गर्ने प्रयास भइरहेको दाबी गरे। उनका अनुसार यस्तो पहल विदेशी स्वार्थसँग जोडिएको छ।
महासचिव पोखरेलले बाह्य हस्तक्षेपलाई सफल हुन नदिने अडानसहित पार्टी अघि बढिरहेको बताए। उनले नेपाललाई चीन र भारतविरुद्ध शक्ति राष्ट्रहरूको रणनीतिक प्रतिस्पर्धाको थलोका रूपमा प्रयोग गर्न नदिइने धारणा व्यक्त गरेका छन्।







