२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट चलचित्रसम्बन्धी विधेयक पारित

अ+ अ-

काठमाडौँ । संघीय संसदको राष्ट्रिय सभाअन्तर्गत रहेको विधायन व्यवस्थापन समितिबाट चलचित्रसम्बन्धी नयाँ कानुनी प्रस्ताव अनुमोदन गरिएको छ ।

सिंहदरवारमा सोमबार सम्पन्न समितिको बैठकले चलचित्र विधेयक, २०८१ का सम्बन्धमा तयार गरिएको मस्यौदा प्रतिवेदनमाथि छलफल गरी त्यसलाई पारित गरेको हो । समितिबाट स्वीकृत उक्त प्रतिवेदन मंगलबार बस्ने राष्ट्रिय सभा बैठकमा प्रस्तुत गरिने कार्यसूची तय भएको जनाइएको छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले प्रस्तावित कानुनले चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनको माध्यमबाट व्यवस्थित उद्योगका रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार स्वदेशी चलचित्रको विकास, विस्तार, प्रवर्द्धन र नियमनलाई समेट्ने गरी नयाँ कानुनी ढाँचा तयार गरिएको छ ।

मन्त्री सिन्हाले चलचित्र क्षेत्रलाई वर्तमान समय, प्रविधि र संरचनासँग अनुकूल बनाउन विधेयकमा बहुआयामिक विषयहरू समावेश गरिएको पनि बताए ।

२०२६ सालमा जारी चलचित्र ऐनलाई संघीय शासन प्रणाली र आधुनिक प्रविधिको सन्दर्भमा अद्यावधिक गर्न आवश्यक देखिएपछि सरकारले नयाँ चलचित्र विधेयक अघि सारेको हो । विधेयकमा चलचित्र विकास बोर्डलाई स्वायत्त तथा अधिकार सम्पन्न संस्थाका रूपमा विकास गर्ने, स्पष्ट नियम, जवाफदेहिता र संस्थागत सुदृढीकरणमा विशेष जोड दिइएको छ ।