२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन  

अ+ अ-

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय भवन आज उद्घाटन गरिएको छ । ६ तले आकर्षक भवनको पूर्व प्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका हुन् ।

भवनको भुईँ तलामा इन्टेरियरका कामहरूसमेत सकाएर भवनको उद्घाटन गरिएको नगर प्रमुख रेनु दाहालले जानकारी दिइन् । माथिल्लो तलाहरूमा इन्टेरियरका केही काम भने बाँकी छ ।

५३ करोड ३२ लाख ६४ हजारको लागतमा तयार गरिएको भवनमा संघ, प्रदेश र स्थानीय तह (भरतपुर महानगरपालिका) को लगानी छ । संघीय सरकारको २१ करोड ५८ लाख १४ हजार, बागमती प्रदेश सरकारको १९ करोड ८९ लाख ३६ हजार र महानगरपालिकाको ४ करोड ५० लाख रकम खर्च भैसकेको छ ।

महानगरका सहरी पूर्वाधार विकास महाशाखा प्रमुख, वरिष्ठ डिभिजनल इन्जिनियर सन्तोष आचार्यले निर्माण थालेको करिब २ वर्षमा भवन तयार गरिएको बताएका छन् ।

भरतपुर महानगरपालिकाको भवन निर्माणका लागि पर्याप्त जमिन नभएपछि नेपाल नेत्र ज्योती संघले भोगचलन गर्दै आएको १ विगाहा १५ धुर जग्गा सम्झौता गरेर थप गरिएको थियो ।

महानगर प्रमुख दाहालले संघसँग जग्गा लिने काम निकै मेहेनत र दुःखका साथ गरिएको बताइन् ।  भवनको २०७८ चैत ११ गते पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गरेका थिए ।