२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीमानको खोजी गरिदिनुपर्यो सरकार !

अ+ अ-

काठमाडौं । कञ्चनपुरकी टिकेश्वरी भट्टका श्रीमान् भारतमा बेपत्ता भएको झण्डै १० वर्ष हुन थालिसकेको छ । उनका श्रीमान् बिहे गरेको एक वर्षपछि रोजगारीका लागि भारत पसेका थिए ।

परिवारको गर्जाे टार्न भारत पसेका श्रीमान् सम्पर्कविहीन भएपछि उनको परिवार समस्यामा छ ।

श्रीमान पर्खने आशा भने उनले मारेकी छैनन् । ‘ श्रीमान् बिहे भएको एक वर्षपछि कमाउन भारत जानुभएको हो । त्यसपछि फर्कनुभएको छैन,’ उनी भन्छिन्, ‘उहाँलाई पर्खेर बसेकी छु ।’ छोरीले पनि बुबा खोइ भनेर हैरान गरेको उनी सुनाउँछिन् ।

श्रीमानसँग लामो समय विछोडिँदा कहिलेकाहीँ उनको मन भक्कानिन्छ । ‘श्रीमान्सँगै बस्न पाए हुन्थ्यो जस्तो लाग्छ । तर, के गर्नु भाग्यमै छैन,’ उनले दुखेसो सुनाइन्, ‘श्रीमान् घर नफर्केको लामो समय भएकाले कहिलेकाहिँ त मन भक्कानिन्छ ।’

उनले आप्रवासनका क्षेत्रमा काम गर्दै आइरहेको संस्था निड्स नेपालको सहयोगमा श्रीमान्को खोजीका लागि निवेदन पनि दिइन् । तर, त्यहाँबाट श्रीमानबारे केही खबर नआएको उनले बताइन् ।

निड्सकै सहयोगमा उनले मानवअधिकार आयोगमा पनि निवेदन दिइन् । तर, उपलब्धि भएन । श्रीमान्को खोजीका लागि राज्यबाट पहल नभएको उनको दुखेसो छ ।

श्रीमान घर नफर्कदा परिवार पीडामा रहेको उनले बताए । परिवारका सदस्यले उहाँको अवस्थाबारे जान्न खोजिरहेको उनले बताए । तसर्थ, यसबारे राज्यपक्षबाट पहल होस् भन्ने सबैको चाहना छ ।

श्रीमानसँग छोरीको भविश्यबारे पनि उनी चिन्तित छन् । ‘कमाइ नहुँदा छोरीलाई कसरी पढाउने भन्ने चिन्ता छ । एक्लो ज्यान भए त जे गरे पनि हुन्थ्यो नि,’ उनले सुनाइन् ।

सम्पत्तिको जग्गा चार/पाँच कठ्ठा मात्रै छ । त्यहाँको उत्पादनले मात्रै खान नपुग्ने उनी बताउँछिन् ।

सुदूरपश्चिमका परिवार भारतीय रोजगारीमा आश्रित छन् । रोजगारीका लागि भारत जानेहरूले त्यहाँको कमाईबाट परिवारको ‘आर्थिक समस्या’ टारेका छन् ।

निड्सका कार्यक्रम संयोजक प्रकाश सेढाइ सुदूरपश्चिमबाट रोजगारीका लागि भारत जानेमध्ये केही उतै बेपत्ता भएको बताउँछन् । ‘यसले कतिपय परिवारको बिचल्ली भएको छ,’ उनले भने ।

यसका लागि राज्यले नीति बनाएर काम गर्नुपर्ने उनको सुझाव छ ।

चुनावका बेला भोट माग्न आउने नेतालाई श्रीमान् खोजीका लागि पहल गर्न आग्रह गरिन् । सबैले आश्वासन पनि दिए । तर, कसैले पहल गरेनन् । त्यसैले नेताप्रति उनको धारणा छ– नेता कुरा मात्रै गर्छन्, काम गर्दैनन् ।

प्रतिक्रिया दिनुहोस