२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

अ+ अ-

काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका-१ बुङदलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोलका ३९ वर्षीय वीरबहादुर गुरुङ र पूर्वनवलपरासीको कावासेती-१३ घर भई हेटौँडा-२ चौकीटोल डेरा गरी बस्ने ३५ वर्षीय चन्द्रबहादुर गुरुङ छन्। वीरबहादुर मोटरसाइकल चालक हुन् भने चन्द्रबहादुर पछाडि बसेका थिए।

बा.प्र.०३-००५ प ७९८० नम्बरको मोटरसाइकल मकवानपुरगढी गाउँपालिका-५ र भीमफेदी गाउँपालिका–१ को सिमाना पर्ने बुङ्दल खोलाको पुलबाट करिब ५० मिटर खसेको अवस्थामा पाइएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार बिहान करिब सात बजे स्थानीयले खोलामा मोटरसाइकल र अचेत अवस्थाका दुई व्यक्ति देखेपछि प्रहरीलाई खबर गरेको थिए।

स्थानीयको सूचनापछि इलाका प्रहरी कार्यालय चौकीटोलबाट प्रहरी घटनास्थल पुग्दा दुवैजनाको मृत्यु भइसकेको थियो। दुर्घटनास्थलको प्रकृति हेर्दा घटना शनिबार रातिको समयमा भएको अनुमान गरिएको छ।

मोटरसाइकल पश्चिम (सुपारेटार-ब्यारेक)बाट पूर्व (सामरी-धादिङ) तर्फ गइरहेको अवस्थामा दुर्घटना भएको प्रहरीको अनुमान छ। दुवै शव पोष्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइएको छ। अस्पतालमा शव ल्याइएपछि परिवारजनले पहिचान गरेका थिए।