२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनावअघि नियमित महाधिवेशनमा जानुपर्ने देउवा पक्षकै दुई दर्जन नेताहरूको निष्कर्ष

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेस संस्थापन पक्षका दुई दर्जन सदस्यहरू चुनावअघि नै नियमित महाधिवेशन हुनुपर्ने पक्षमा उभिएका छन् । 

१४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा पक्षबाट निर्वाचित भएकाहरूले चुनावअघि नै महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेका हुन् ।

सहमहामन्त्री फरमुल्लाह मन्सुर लगायतका २४ जना सदस्यहरू आइतबार पनि काठमाडौँको कालिमाटीमा छलफलमा जुटेका थिए । उनीहरू सबैले केन्द्रीय समितिमा धारणा राख्ने क्रममा चुनावअघि नै महाधिवेशन गर्नुपर्ने बताएका थिए ।

छलफलमा सह महामन्त्री फरमुल्लाह मन्सुर सहित केन्द्रीय सदस्यहरू पुष्पा भुसाल, डा. डिला सङ्ग्रौला, देवेन्द्र राज कँडेल, अमृत अर्याल, बहादुर सिंह लामा, दिलमान पाख्रिन, अब्दुल सतार, तारामान गुरुङ, मोहन आचार्य, विनोद चौधरी, धना खतिवडा, अनिल रुङटा, कर्ण बहादुर बुढा, अर्जुन प्रसाद जोशी, मैकुलाल वाल्मीकि, भरत कुमार शाह, अब्दुल रज्जाक, आङगेलु शेर्पा, मदन अमात्य, माया राई, जिप छिरिङ लामा, मदन कृष्ण श्रेष्ठ, प्रदीप सुनुवार लगायत सहभागी थिए ।

उक्त बैठकमा सहभागी एक नेताका अनुसार, आजको बैठकले सबै चुनावअघिकै पक्षमा उभिएका छन् ।

उक्त बैठकको निष्कर्ष लिखित रूपमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाउने तयारी रहेको पनि उनले बताएका छन् ।

काँग्रेसमा चुनाव अघि वा पछि महाधिवेशन गर्ने भन्ने विषय पेचिलो बन्दै गएको छ ।