२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरला नाकाबाट पहिलो पटक अध्यागमन सेवा प्रारम्भ, १३ जना नेपाली चीन प्रस्थान

अ+ अ-

काठमाडौँ । मुस्ताङ जिल्लाको कोरला अध्यागमन कार्यालयबाट आजदेखि औपचारिक रूपमा अध्यागमन सेवा सुरु भएको छ। कार्यालय उद्घाटन भएको एक वर्षपछि पहिलो पटक १३ जना नेपाली नागरिक चीन प्रस्थान गरेका हुन्।

पूर्व गृहमन्त्री रमेश लेखकले २०८१ कात्तिक १४ गते कोरला अध्यागमन कार्यालयको उद्घाटन गरेका थिए। तर, त्यतिबेलादेखि हिउँ र मौसमका कारण नियमित सेवा सञ्चालन हुन सकेको थिएन। हाल भने कोरला क्षेत्रमा बाक्लो हिमपात भएपछि अध्यागमन सेवा ल्होमान्थाङ इलाका प्रशासन कार्यालयमार्फत प्रवाह गरिएको हो।

ल्होमान्थाङ गाउँपालिकाका अध्यक्षसहित १३ जनाको टोली आज कोरला हुँदै ल्हासा प्रस्थान गरेको छ। चीनको अध्यागमन निकायले पनि साधारण राहदानीधारी नेपाली नागरिकलाई कोरला नाकामार्फत प्रवेश अनुमति (भिसा) जारी गरेको छ।

नेपाल सरकारले माथिल्लो मुस्ताङ क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। सो क्षेत्रमा प्रवेश गर्न पहिलो १० दिनका लागि ५०० अमेरिकी डलर शुल्क तिर्नुपर्ने व्यवस्था छ। त्यस्तै, कोरला नाकाबाट नेपाल प्रवेश गर्ने चिनियाँ नागरिकले पनि यही दरमा शुल्क तिर्नुपर्ने हुन्छ। यद्यपि, नेपाल सरकारले चिनियाँ नागरिकलाई एक भिसा वर्षमा १५० दिनसम्म निःशुल्क पर्यटक भिसा सुविधा प्रदान गर्दै आएको छ।

निषेधित क्षेत्र प्रवेश शुल्क पुनरावलोकनका लागि हाल विभिन्न तहमा छलफल भइरहेको छ।

चीनतर्फको कोरला नाकामा आधुनिक पूर्वाधारसहित अध्यागमन, भन्सार, क्वारेनटाइन र सुरक्षा निकायका कार्यालय रहेका छन्। नेपालतर्फ भने हाल अध्यागमन कार्यालय मात्र क्रियाशील छ। भन्सार, क्वारेनटाइन र सुरक्षा कार्यालय नेचुङमा रहेका कारण करिब १५ किलोमिटर दूरीका कारण एकीकृत सेवा प्रवाहमा कठिनाइ आइरहेको छ।