२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पार्टी सदस्यबाट निकाल्नेहरूलाई ल्याएर उपाध्यक्ष र सचिव बनाएँ, अहिले मेरै टाउकोमा हान्न खोज्दै छन्’ : ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको माग गर्दै केहीले नेताहरू अनुशासनहीन तरिकाले प्रस्तुत भएपछि महाधिवेशन गर्न लागेको बताएका छन् ।

विद्वता वर्गसँगको अन्तर संवादमा उनले केही नेताहरूले उपद्रो मच्चाएपछि एक वर्षपछि गरे हुने महाधिवेशन अहिले गर्न लागेको बताएका छन् ।

उनले भने, ‘ठिक छ, महाधिवेशनमा पुनर्गठन गरौँ न त । काम नगर्नेहरू गए हुन्छ, काम गर्ने बसे हुन्छ । कसले काम गरेको छ, छैन कार्यकर्ताले देखेको छ । कार्यकर्ताले फैसला गर्छ, यो दिनरातको र्‍याइँर्‍याइँ । मिडियामा गएर जताततै बोलेको छ ।’

उनले प्रतिक्रियावादका विरुद्ध लड्नुपर्ने बेलामा आफ्नो राजीनामा मागिएको भन्दै असन्तुष्टि जनाए । ओलीले ०७७ सालमा आफूलाई पार्टी सदस्यबाटै हटाउनेहरूलाई उपाध्यक्ष बनाएर पार्टी अघि बढाएको सुनाए ।

अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टलगायतलाई लक्षित गर्दै भने, ‘उनीहरूले कराँते सिक्ने भनेको अन्त होइन, मेरै टाउकोमा हान्नको लागि हो । अभ्यास नै त्यही भयो । जसले निकाल्यो, उनीहरूलाई मैले उपाध्यक्ष र सचिव बनाएको हो । नत्र भने कहाँबाट आउँथे ।’

उनले माधव नेपालहरूले एमाले ध्वस्त पार्न खोजे पनि आफूले बचाएर यहाँसम्म ल्याएको जिकिर गरेका छन् ।