२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकासँग युएईको लज्जास्पद हार, ४९ रनमै अलआउट

अ+ अ-

काठमाडौँ। लिग २ अन्तरगतको प्रतिस्पर्धामा युएईले अमेरिकासँग लज्जास्पद हार व्यहोरेको छ । अमेरिकाले दिएको २९३ रनको लक्ष्य पछ्याउने क्रममा युएई ४९ रनमै अलआउट भयो ।

घरेलु मैदानमा भएको खेलमा युएईले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । उक्त निर्णयलाई सही साबित गर्ने क्रममा युएईका बलरले उत्कृष्ट सुरुवात गर्दै २८ रनमै अमेरिकाका ३ विकेट झारेका थिए । तर, त्यसपछि अमेरिकाले युएईलाई कुनै मौका दिएन ।

सैतेजा मुक्कामल्ला र मिलिन्द कुमारले चौथो विकेटका लागि २५८ बलमा अविजित २६४ रन जोड्दै युएईलाई बलियो स्कोरमा पुर्‍याए । उनीहरू दुवैले शतकीय इनिङ खेले, जसमा सैतेजाले १३७ रन र मिलिन्दले १२४ रन बनाएर नटआउट रहे ।

जवाफी ब्याटिङमा युएई निरीह बन्यो । १० औँ नम्बरमा आएका जुनैद सिद्दिकीले १० रन बनाउनु बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । युएईले २८ रन बनाउँदा ८ विकेट गुमाइसकेको थियो । अमेरिकाका रुसील अगरकरले ५ विकेट र सौरभ नेत्रभाल्करले ३ विकेट लिए ।

लिग २ को अंकतालिकामा युएई सबैभन्दा पुछारमा छ । सातौँ नम्बरमा रहेको नेपाल र आठौँ नम्बरमा रहेको युएईले प्रतियोगिताको अन्तिम म्याच पर्सी खेल्ने छन् । नेपाल प्रतियोगितामा पहिलो र एक मात्र जितको खोजीमा हुनेछ ।