२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकता प्रक्रिया छिटो निष्कर्षमा पुर्‍याउने एकीकृत समाजवादीको निर्णय

अ+ अ-

काठमाडौँ। नेकपा एकीकृत समाजवादीले पार्टी एकता प्रक्रियालाई छिटो भन्दा छिटो निष्कर्षमा पुर्‍याउने निर्णय गरेको छ।

सचिवालय बैठकले वार्ता चलिरहेका राजनीतिक दलहरूसँग एकता प्रक्रिया निष्कर्षमा पुर्‍याउने निर्णय गरेको हो। उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार एकता प्रक्रिया टुंग्याउन वार्ता समितिलाई जिम्मा दिइएको छ।

‘जो–जससँग वार्ता चलिरहेको छ, उनीहरूसँगको एकता प्रक्रियालाई छिटो निष्कर्षमा पुर्‍याउन वार्ता समितिलाई जिम्मा दिने निर्णय भएको छ,’ उनले भने । एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टीसँग एकता वार्ता गरिरहेको छ।

बेदुराम भुसाल संयोजक तथा प्रमेश हमाल र प्रकाश ज्वाला सदस्य रहेको वार्ता समितिले गरिरहेको प्रयत्नलाई तत्काल निष्कर्षमा पुर्‍याउने निर्णय बैठकले गरेको हो।

एकीकृत समाजवादीले पार्टीलाई चुनावको पक्षमा उभ्याएको छ। आगामी २१ फागुनमा तोकिएको चुनावको तयारी गर्ने एकीकृत समाजवादीले निर्णय गरेको छ। निर्वाचनको तयारीसँगै राष्ट्रिय राजनीतिक परिस्थितिबारे अन्य दलहरूसँग संवाद अगाडि बढाउने निर्णय पनि बैठकले गरेको छ।

शुक्रबारदेखि चलेको बैठकले आगामी २९ गते स्थायी कमिटी र ३० गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय पनि गरेको छ।