२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेची नदीमा निर्मित झोलुंगे पुल पर्यटकीय गन्तव्य बन्दै

अ+ अ-

झापा । मुलुकको होचो गाउँपालिकाका रूपमा रहेको कचनकवल-५ पाठामारीस्थित मेची नदीमा निर्मित झोलुंगे पुल नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको छ । संघीय सरकारको रु. चार करोड १२ लाख २९ हजार लागतमा बनेको उक्त पुलको लम्बाइ ४४२ दशमलव ४० मिटर रहेको छ ।

कचनकवल-५ का वडाध्यक्ष नुर आलमले भारतीय सीमा नजिक बनेको झोलुंगे पुल सञ्चालनमा आएपछि दुवै मुलुकका पर्यटक घुम्न आउन थालेका बताउँदै पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको उल्लेख गरे । “मेची नदी पार गर्न दुवै मुलुकका नागरिकलाई अब सहज भएको छ”, उनले भने, “साथै नदीमाथि बनेको लामो झोलुंगे पुल पर्यटकीय आकर्षणको केन्द्र बन्न थालेको छ ।”

विसं २०७३ मङ्सिर १७ गते नीलगिरि महावीर जेभीसँग निर्माणको सम्झौता भए पनि बजेट अभावले पुल सम्पन्न हुन समय लागेको हो । यसअघि यहाँ पुल नहुँदा स्थानीय बर्खायाममा दुई घण्टा पालो कुरेर काठको डुंगाबाट मेची नदी पार गर्दै आएका थिए ।

स्थानीय झट्टु हलुवाईले मेचीमा पुल तरेर आवतजावत गर्ने कचनकवलबासीको वर्षौँदेखिको चाहना अहिले पूरा भएको बताए । उनले भने, “सीमा क्षेत्रका बासिन्दाले अनेक कामका लागि एक देशबाट अर्को देशमा आउजाउ गर्नुपर्ने हुन्छ । मेचीमा पुल बनोस् भन्ने धेरै वर्षदेखिको चाहना थियो । बल्ल अहिले साकार भयो ।”

मेची नदीमाथि बनेको उक्त पुलको दुवैतर्फ नेपाली भू–भाग पर्दछ । मेची नदी पारी पुलको पूर्वी भागमा ३० बिघाभन्दा बढी क्षेत्रफल जग्गा नेपालको हो । भारततिर पाठामारी भन्ने बजार छ, भने पुलको पूर्वी भागलाई धोबीभिट्टा भन्ने गरिएको हलुवाईले जानकारी दिए ।

चाडपर्व आइसकेकाले स्थानीय बासीलाई वारिपारि गर्न सहज होस् भनेर गत भदौ ३१ गते पुल सञ्चालनमा ल्याइएको वडाध्यक्ष आलमले बताए । पुलको दुवै किनारामा पहुँच मार्गको स्तरोन्नति गर्न बाँकी रहेका जनाउँदै उनले हाल पैदल र साइकल यात्रीलाई मात्र आवतजावत गर्न दिइएको उल्लेख गरे । 

एक महिनापछि मोटरसाइकल ओहोरदोहोर गर्न मिल्ने गरी पहुँच मार्गको स्तरोन्नति गरिने वडाध्यक्ष आलमले बताए । उनका अनुसार नेपालको होचो भू–भाग भएकाले कचनकवल क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र बन्दै आएको छ । यहाँका पोखरी, गन्धर्व बस्तीसँगै झोलुंगे पुलको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए।