काठमाडौँ । प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुबेर खापुङले पहिलो निर्णयको रूपमा बहालवाला र अवकाश प्राप्त प्रहरी कर्मचारीहरूलाई लक्षित गरी निधन हुँदा आशौच बार्ने संस्कारका लागि किरियापुत्री भवन बनाउने निर्णय गरेका छन् ।
उनले काठमाडौँ महानगर वडा नं. ३ स्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजको नाममा रहेको जग्गामा उक्त भवन बनाउने निर्णय गरेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन् ।







