काठमाडौँ । संघीय संसद्को विधायन व्यवस्थापन समितिमा संघीय निजामती सेवा विधेयकको विवाद झन् गहिरिँदै गएको छ ।
सरकारले ल्याएको प्रावधान, समितिमा भएको सहमति, मन्त्रीको अनुपस्थिति र समय व्यवस्थापन लगायतका सबै विषयले सोमबारको बैठक निष्कर्ष बिना टुंगिएका छ ।
अन्ततः विधायन व्यवस्थापन समिति सभापति तुलसाकुमारी दाहालले बैठक स्थगित गर्दै भोलि बिहान बस्ने निर्णय गरेकी छन् ।







