२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशभरि ३४७ स्तरीय होटेल

अ+ अ-

काठमाडौँ। देशभरि तारे तथा पर्यटकीय स्तरका होटेल/रिसोर्ट संख्या ३ सय ४७ पुगेको छ ।

पर्यटन विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ सम्म उक्त  संख्यामा स्तरीय होटेल दर्ता तथा नवीकरण भएका छन् । यसरी खुलेको होटलररिसोर्ट बागमती प्रदेशमा केन्द्रित छन् ।

उता कर्णाली र सुदूरपश्चिममा आतिथ्य सेवाको लगानी दयनीय अवस्थामा देखिन्छ । कर्णालीमा २ सय ३९ वटा होटलररिसोर्ट दर्ता भएका छन् ।

तथ्यांक अनुसार देशभरि पाँचतारे होटेल संख्या २७ पुगेको छ । कर्णाली र सुदूरपश्चिममा अहिलेसम्म एउटा पनि पाँचतारे होटेल पुगेको छैन । कोशीमा १, मधेशमा १, बागमतीमा १९, गण्डकीमा २ र लुम्बिनीमा ४ वटा पाँचतारे होटेल रहेको विभागको तथ्यांक छ ।

गत आवमात्र ६ वटा पाँचतारे होटेल थप भएको तथ्यांकमा देखिन्छ । पाँचतारे डिलक्स होटेल संख्या ३ पुगेको छ । कोशीमा १ र बागमतीमा २ होटेल पाँचतारे डिलक्स स्तरका छन् । पाँचतारे लक्जरी बुटिक/हेरिटेज होटेल संख्या ३ छ । यी सबै रिसोर्ट बागमती प्रदेशमा छन् ।

यसैगरी चारतारे होटेल संख्या देशभरि ४० छ । सबै प्रदेशमा चारतारे होटेल विस्तार भएका छन् । कर्णाली र सुदूरपश्चिममा १र१ वटा चारतारे होटेल छन् । कोशीमा २, मधेश ३, बागमती १०, गण्डकी ७ र लुम्बिनीमा १६ वटा चारतारे होटेल खुलेका छन् । चारतारे डिलक्स/हेरिटेज होटेल संख्या ४ छ । यी सबै रिसोर्ट बागमती प्रदेशमा छन् ।

तीनतारे होटेल संख्या ३७ पुगेको छ । यसमध्ये कोशीमा २, मधेश २, बागमती २८, गण्डकी २ र लुम्बिनीमा ३ होटेल छन् । दुईतारे होटेल ४९ छन् । कोशीमा १, मधेश ४, बागमती ३३, गण्डकी ८, लुम्बिनीमा ३ वटा दुईतारे होटेल छन् ।

त्यस्तै एकतारे होटेल ४४ वटा पुगेका छन् । तीमध्ये कोशीमा २, मधेश २, बागमती ३१, गण्डकी ३, लुम्बिनी ३ र सुदूरपश्चिममा ३ वटा एकतारे होटेल रहेको तथ्यांक छ ।

यसैगरी साधारण रिसोर्ट संख्या १ सय २७ छ । जसमध्ये बागमतीमा १ सय, कोशी ४, गण्डकी १९ र लुम्बिनीमा ४ वटा छन् । डिलक्स रिसोर्ट ९ छन् । बागमतीमा ५, गण्डकी ३ र लुम्बिनीमा १ छन् ।

लक्जरी रिसोर्ट ३ रहेकोमा सबै बागमतीमा छन् । तीनतारे स्तरका नर्मल हेरिटेज बुटिक होटेल संख्या एउटा छ । जुन बागमती प्रदेशमा  छ । यस प्रकार स्तरीय होटेल कोशीमा १३, मधेश १३, बागमती २ सय ३९, गण्डकी ४४, लुम्बिनी ३४, कर्णाली १ र सुदूरपश्चिममा ४ वटा रहेको विभागको तथ्यांक छ ।